कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक उपत्यकाबाहिर पनि

300
  •  
  •  
  •  

काठमाडौँ, १६ साउन (ओएनएस) ः तीन वर्षअघि काठमाडौँ उपत्यकाका क्याम्पसबाट प्रारम्भ भएको कम्प्युटर विज्ञान तथा सूचना प्रविधिमा स्नातक (बिएस्सी–सिएसआइटी) मुुलुकका अन्य सहरमा पनि पढाइ हुन थालेको छ ।

हाल सो विषयमा स्नातक अध्यापन गराउने कलेजको सङ्ख्या ४५ पुगेको र अधिकांश सहरमा यो अध्ययनको सुविधा भइसकेको सिएसआइटी कलेज एसोसिएसन (सिकोन) का कार्यवाहक अध्यक्ष सुरेन्द्र सुवेदीले जानकारी दिए । उनले सो कोर्स ७० प्रतिशत कम्प्युटरमा आधारित हुने र उत्पादित जनशक्ति बजारमा सदुपयोग हुने बताए ।  सिकोनले राजधानीम आयोजना गरेको पत्रकारसम्मेलनमा त्रिभुवन विश्वविद्यालयका सूचना प्रविधि सङ्कायका सहायक डिन सत्यनाराण शाहले नयाँ पुस्तामा आधुनिक समय सुहाउँदो शिक्षाप्रतिको आकर्षण बढेको बताए ।


  •  
  •  
  •