फिफाका कम्प्युटर स्वीस प्रहरीको नियन्त्रणमा

116
  •  
  •  
  •  

Fifaकाठमाडौ, २८ जेठ(एजेन्सी) : फिफाले सन् २०१८ र सन् २०२२ को विश्वकप कुन देशमा गर्ने भन्ने निर्णयमाथि अनुसन्धान गरिरहेका बेला स्वीस अधिकारीहरूलाई कम्प्युटर तथ्यांक(डाटा) उपलब्ध गराएका छन् ।

फुटबलको प्रशासनिक निकाय फिफाको मुख्यालय ज्युरिखस्थित कार्यालयबाट कम्प्युटरमा रहेका सूचना नियन्त्रणमा लिइएको हो । बीबीसीका अनुसार अध्यक्ष सेप ब्लाटरका कम्प्युटर पनि नियन्त्रणमा लिइएको छ ।

स्वीस प्रहरीले गत महिना आगामी फूटबल विश्वकपको आयोजक राष्ट्रबारे कसरी निर्णय गरिएको थियो भन्ने खोजिरहेको जनाएको थियो । अमेरिकी संघीय अनुसन्धान निकाय एफबीआईले पनि फिफाको भ्रष्टाचारबारे अनुसन्धान गरिरहेको छ । अहिलेसम्म १४ जनामाथि आरोप लगाइएको छ । तीमध्ये ९ जना वर्तमान या पूर्व फिफा पदाधिकारी हुन् ।

महासचिव जेरोमी भाल्केका कार्यालयका आईटी तथ्यांक र वित्त प्रमुख मार्कस क्याटनरका पनि कम्प्युटरका तथ्यांक  पनि स्वीस प्रहरीलाई बुझाएको छ ।

स्वीस महान्यायाधिवक्ताले फिफालाई ‘घाइते समुह’ भनेका छन् ।

आपराधिक अनुसन्धान सन् २०१८ मा रूसमा र सन् २०२२ मा कतारमा गर्ने निर्णय गर्दा पैसाको अव्यवस्था माथि केन्द्रित छ । दुवै देशमा नराम्रो काम गरेको अस्वीकार गरेका छन् ।

सन् २०२६ मा कुन देशमा विश्वकप गर्ने भन्ने बोलकबोल प्रक्रिया स्थगित गरिएको छ । भाल्केले बुधबार अहिलेको वातावरणमा प्रक्रिया सुरू गर्नु उपयुक्त नहुने बताएका थिए ।


  •  
  •  
  •