एसएलसी पूरक परिक्षाको परिक्षाफल सार्वजनिक (नतिजासहित)

69
  •  
  •  
  •  

काठमाडौ, २२ भदौ (ओएनएस) : एसएलसी पूरक परीक्षाको नतिजा आज सार्वजनिक गरेको छ । परीक्षा नियन्त्रण कार्यालयले गरेको परीक्षाफल अनुसार ६५ दशमलब २१ प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् ।

एसएलसीमा दुई विषय सम्म अनुतीर्ण हुने विद्यार्थीले नियमित रुपमा उत्तीर्ण हुने विद्यार्थी सरह सोही बर्ष कक्षा ११ पढ्न पाउने गरी पूरक परीक्षाको व्यवस्था गरिएको छ ।
२०७० सालको एसएलसी पूरक परीक्षामा १ लाख २० हजार ५ सय ४८ जना विद्यार्थी सहभागी भएका थिए । सबैभन्दा धेरै अनिवार्य गणितमा ६८ हजार २ सय १७ विद्यार्थी सहभागी भएका थिए । विज्ञानमा ५० हजार ६ सय ९० र अँग्रेजीमा ३३ हजार ५७ जना परीक्षार्थी सहभागी भएका कार्यालयले जनाएको छ ।

त्यस्तै ऐच्छिक गणितमा १० हजार ६ सय १३, सामाजिक शिक्षामा १७ हजार ९८, नेपालीमा २ हजार २ सय ८४ परीक्षार्थी सहभागी भएका कार्यालयले जनाएको छ ।

परीक्षाफलका लागि  तलको लिङकमा क्लिक गर्नुहोस् ।

http://edukhabar.com/

परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी


  •  
  •  
  •