आन्दोलनरत शिक्षकद्धारा आज उपत्यका सामुदायीक विद्यालय बन्द

129
  •  
  •  
  •  

काठमाडौ, २१ कात्तिक : विगतमा गरिएको सहमति कार्यान्वयनको मागसहित आन्दोलनरत अस्थायी शिक्षकहरुले आन्दोलन जारी राखेका छन् । आन्दोलन स्वरुप आज उपत्यकाका सामुदायिक विद्यालय बन्द गरिएको हो ।

शिक्षकहरूले कक्षा बहिष्कार गरी आन्दोलनलाई निरन्तरता दिएका हुन् । शिक्षा मन्त्रालयद्धारा विसं २०७० असोज १३ गते शिक्षकहरुका पेसागत संगठनसमेतको उपस्थितिमा अस्थायी शिक्षकहरु गरिएको सहमति कार्यान्वयन नगरिएको भन्दै विद्यालय बन्द गरिएको शिक्षकहरूले जनाएका छन् ।

विगतमा गरेको सहमति कार्यान्वयन नगरी १३ हजार शिक्षकको विज्ञापनको अन्तिम नतिजा प्रकाशन गर्न लागिएका कारण हजारौं शिक्षकहरु सेवाबाट बाहिरिने अवस्था सिर्जना भएको अस्थायी शिक्षक संघर्ष समितिले जनाएको छ ।


  •  
  •  
  •