दुई माओवादीसहित पाँच दलद्वारा कार्यदल गठन

149
  •  
  •  
  •  

काठमाडौं, ७ असार (ओएनएस) : दुई माओवादीसहित पाँच दलले कार्यगत एकताका लागि कार्यदल गठन गरेका छन् । शनिबार विहान एमाओवादी पार्टी कार्यालय कोटेश्वरमा बसेको पाँच दलको संयुक्त वैठकले पाँच सदस्यीय कार्यदल गठन गरेको क्रान्तिकारी कम्यूनिष्ट पार्टीका महासचिव मणी थापाले जानकारी दिए ।

कार्यदलमा हरेक दलबाट एक एक जना प्रतिनिधि सहभागी छन् । कार्यदलमा कृष्णबहादुर महरा, देव गुरुङ, राम श्रीश, देवशरण यादव र टिका विक्रम हमाल रहेका छन् ।

बैठकले कार्यदललाई कार्यगत एकता र दिर्घकालिन अवस्थामा पार्टी एकताका लागि गठन गरिने मोर्चाको नाम तथा क्षेत्राधिकार विषयमा टुङ्गो लगाउने जिम्मेवारी दिएको छ ।

यहि असार १ गते बसेको ५ दलको संयुक्त बैठकमा मोर्चा बनाउने सहमति भएको थियो ।


  •  
  •  
  •