विप्लव नेतृत्वको नेकपाका दुई नेता कारागार चलान

271
  •  
  •  
  •  

उदयपुर, १२ पुस (ओएनएस) : नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी उदयपुरका दुई नेता पुर्पक्षका लागि कारागार चलान भएका छन्।

अदालतले नेकपाका जिल्ला सेक्रेटरी बाबुराम सुवेदी र सदस्य बलबहादुर मगरलाई ज्यान मार्ने उद्योग र विस्फोटक पदार्थ सम्बन्धी मुद्दामा मुद्दामा पुर्पक्षका लागि कारागार चलानको आदेश दिएको हो।

अदालतको आदेशसँगै प्रहरीले उनीहरुलाई मंगलबार नै कारागार चलान गरेको थियो।

मंसिर १६ गते उदयपुरगढीको दनुवारबेँसीमा नेपाली कांग्रेसबाट प्रतिनिधिसभामा उम्मेदवार बनेका नारायणबहादुर कार्की र उनका सल्लाहकार मीरा कटुवालसहितको टोलीको गाडीलाई लक्षित गरेर एम्बुस विस्फोट गराएर ज्यान मार्ने उद्योग गरेको अभियोग उनीहरुलाई छ।


  •  
  •  
  •