संसदीय समितिले प्रधानमन्त्रीलाई बोलायो

96
  •  
  •  
  •  

काठमाडौं, २९ भदौ (ओएनएस) : व्यवस्थापिका संसदको सामाजिक न्याय तथा मानव अधिकार समितिले मानव अधिकार आयोगमा पदाधिकारी नियुक्ती र सत्य निरुपण तथा मेलमिलाप आयोग गठनमा भएको ढिलाइ बारे प्रधानमन्त्री सुशील कोइरालासँग जानकारी लिने भएको छ ।

koirala
koirala

संसद् सचिवालय सिंहदरवारमा आइतबार बसेको समिति बैठकले लामो समयदेखि रिक्त रहेको मानव अधिकार आयोगको पदाधिकारी नियुक्तीबारे समितिको आगामी बैठकमा प्रधानमन्त्री सुशील कोइरालालाई समितिमा बोलाउने निणर्य गरेको समितिका सभापति सुशील कुमार श्रेष्ठले जानकारी दिए । बैठकमा सभासदहरुले मानवअधिार आयोग लामो समय रिक्त रहनु लाजमर्दो विषय भएको बताएका थिए ।


  •  
  •  
  •