विवादित अख्तियार आयुक्त गुरूङको अधिकार खोसियो

109
  •  
  •  
  •  

काठमाडौँ, २२ पुस(ओएनएस) : दोहोरो सुविधा लिएको भन्दै विवादमा परेकी अख्तियार दुरूपयोग अनुसन्धान आयोगकी आयुक्त सावित्री गुरुङको जिम्मेवारी खोसिएको छ ।

अदालतमा मुद्दा आयुक्त गुरुङको नियुक्तमाथिको न्यायिक हैसियतमाथिको प्रश्न किनारा नलागुञ्जेल नैतिक रुपमा उनले जिम्मेवारी लिन उचित नहुने भन्दै आयोगको बैठकले उजुरीको प्रारम्भिक छानविन तथा अनुसन्धानको जिम्मेवारीबाट मुक्त गरेको हो । दोहोरो जिम्मेवारीसहित आयुक्त पदमा रहनुको कारण लिखित रुपमा पेश गर्न सर्वोच्चले भनेको थियो ।

आयोगमा रहेर गुरुङले भौतिक पूर्वाधार तथा यातायात, सिंचाई, परराष्ट्र, रक्षा, शहरी विकास र वाणिज्य तथा आपूर्ति मन्त्रालय र मातहतका निकायसँग सम्बन्धित उजुरीको प्रारम्भिक छानविनको जिम्मेवारी पाएकी थिइन ।

त्यसैगरी मध्यमाञ्चल र सुदुरपश्चिमाञ्चल विकास क्षेत्रअन्तरगतका भ्रष्टाचारका मुद्दा हेर्ने जिम्मेवारी पनि गुरुङकै डेस्कमा तोकिएको थियो । आयुक्त गुरुङले दोहोरो सुविधा लिइरहेको सञ्चार माध्ययमा आएको भन्दै प्रमुख आयुक्त लोकमानसिंह कार्कीले उनको जिम्मेवारी बुधबारदेखि फिर्ता लिएको अख्तियार स्रोतले जनाएको छ ।


  •  
  •  
  •