सिमामा कमिसनको खेल

330
  •  
  •  
  •  

विराटनगर, १० माघ(ओएनएस) : सिमा सुरक्षामा खटिएका प्रहरीहरु कमिसनको खेलमा लागेको पाइएको छ । देश र जनताको सुरक्षाकालागि भनेर सिमा क्षेत्रमा खटिएका ससत्र प्रहरीका जवानहरु कमिसनको खेलमा लागेका हुन् ।

शनिबार दिउँसो सम्वाददाता रानी भन्सार पुग्दा सिमा सुरक्षाकालागि खटिएका सुरक्षाकर्मीहरु एकसय ५० रुपैयामा संगठनको प्रतिष्ठा बेचिरहेका देखिन्थे । सम्वाददाता रानी भन्सार पुग्दा एक नम्बर ढाट अगाडी ससत्र प्रहरीका जवानहरु झोले पोकेसँग मोलमलाई गरिरहेका थिए । ससत्र प्रहरीको ड्रेस लगाएर हतियार बोकेका ससत्रका जवान दुई जना झोले पोके महिलासँग कमिसनकालागि बार्गेनिङ गरिरहेका थिए । झोले पोकेसँग कुरा नमिलेका कारण चार जना सशस्त्रका जवानहरु बार्गेनिङमा व्यस्त थिए । नजिकै भन्सारका कर्मचारीहरु मुखामुख गरेर बसिरहेका थिए । भन्सारका कर्मचारीहरु सशस्त्रका जवानले कमिसन मागेको हेरी रहेका थिए ।

सम्वाददाता पुगेपछि ससत्रका जवान केही सजक देखिए । झोलेपोकेले यो लिनुहोस भन्दै पाँचसयको नोट दिँदा सशस्त्रका जवानले के गर्न खोजेको भन्दै झर्किए जस्तो गरे । झोलेपोके महिलाबाट ससत्रका जवानले पैसा हातमा लिन मानेनन् । त्यहाँ राख्नुहोस भन्दै भित्ता देखाए । झोलेपोके महिलाले पाँचसयको नोट कुनामा राखेर सामान बोकेर हास्दै भनिन्, ‘म जान्छु । सशस्त्रका जवान मौन रहेर जाने अनुमति दिए ।
झोलेपोकेले दिएको पाँच सयको नोट गोजीमा हाल्न सशस्त्रका जवान कुना तर्फ फर्किए । पाँचसयको नोट गोजीमा हाल्दै मंगोलियन अनुहारका सशस्त्रका जवानले छेउमा रहेका साथीहरुलाई भने, ‘त्यो अस्ती आएको केटाले काम नै गरेको छैन् ।’ अर्का जवानले उनको कुरामा सहि थप्दै भने, ‘नयाँ भएर होला काम गर्न जान्दैन ।’

झोले पोके लागेपछि मुखमा माक्स लगाएका सशस्त्रका जवान ढाट अगाडी उभिएको सम्वाददता तर्फ आए । सम्वाददातालाई ससत्रका जवानले किन आएको भन्दै प्रश्न गरे, ‘सम्वाददाताले साथीलाई पर्खिएको भन्ने जवाफ दिएपछि सशस्त्रका जवानले ‘तपाई को हो किन यहाँ उभिनुभएको’ भन्दै प्रश्न गरे । सम्वाददाताले पुन घुम्न आएको साथीलाई पर्खिएको भन्दा सशस्त्रका जवानले ‘यहाँ उभिन मिल्दैन यहाँबाट जानुहोस्’ भने । सम्वाददाता फर्किएपछि सशस्त्रका जवानको खेल फेरी सुरु भयो ।

झोलेपोकेबाट कमिसन असुल्न आतुर सशस्त्रका जवानहरु अपरिचित अनुहारलाई छेउछाउमा उभिनै दिदैनन् ।


  •  
  •  
  •