मन्त्री मण्डलको अभिव्यक्ति निराधार र उत्तेजक : भारतीय दुतावास

284
  •  
  •  
  •  

काठमाडौँ, १७ कात्तिक(ओएनएस) : बिनाविभागीय मन्त्री सत्यनारायण मण्डलले भारतले विना बर्दीको सेना नेपाल पठाउन लागेको भनी दिएको अभिव्यक्तिको काठमाडौंस्थित भारतीय दूतावासले खण्डन गरेको छ ।

काठमाडौंस्थित भारतीय दूतावासले मंगलबार विज्ञप्ति निकालेर मन्त्री मण्डलको अभिव्यक्ति उत्तेजक, निराधार र दुरासयपुर्ण भएको बताएको छ । विज्ञप्तिमा भनिएको छ, ‘नेपाल सरकारको मन्त्रीजस्तो जिम्मेवार पदमा रहेका व्यक्तिको अभिव्यक्तिले भारत नेपाल नेपालको सौहार्दपु्र्ण सम्बन्धमा प्रभाव पार्नेछ ।’

मन्त्री मण्डलको अभिव्यक्तिको निन्दा गर्दै भारतीय दूतावासले जिम्मेवार व्यक्तिहरूलाई नेपाल र भारतको पुरानो सम्बन्धमा नकारात्मक असर पर्ने खालका अभिव्यक्ति नदिन विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।

दुतावासले भारतले नेपालमा शान्ति, स्थिरता र सम्बृद्धिको चाहेको बताउँदै भारतले नेपाल सरकार र जनतालाई निरन्तर रूपमा समर्थन गर्दै आएको उल्लेख गरेको छ ।

[box type=”shadow” ]

[/box]


  •  
  •  
  •