कार्यतालिका भित्रै विवादित बिषयमा सहमति जुटाउने पूर्व प्रधानमन्त्रीहरुको प्रतिबद्धता

54
  •  
  •  
  •  

दोलखा १८ भदौ (ओएनएस) : तीन जना पूर्व प्रधानमन्त्री एवं प्रमुख दलका शीर्ष नेताहरुले भदौ २१ भित्रै संविधानका विवादित बिषयमा सहमति जुटाई सक्ने प्रतिबद्धता जनाएका छन् । सामुदायिक रेडियो प्रसारक संघ नेपाल (अकोराब) को दशौं वार्षिक साधारणसभालाई बुधवार दोलखाको चरिकोटमा सम्वोधनगर्दै पूर्व प्रधानमन्त्रीहरु त्रय पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र झलनाथ खनालले राज्यपुनर्संरचना, शासकीय स्वरुप र निर्वाचन प्रणालीका बारेमा भोलि बेलुकासम्म सहमति जुटाउने सामूहिक प्रतिबद्धता जनाएका हुन् ।

संविधानसभाको कार्यतालिका अनुसार अबको तीन दिन भित्र सवै बिषयमा सहमति जुटाई सक्नुपर्नेभन्दै दलहरुवीच घनिभुत छलफल चलिरहेकाले आगामी शनिवार भित्रै सहमति जुटाउने तीनै जनाले प्रतिवद्धता व्यक्त गरे । एकीकृत माओवादीका अध्यक्ष दाहाले बिहीबार दिनभरि तीन दलको बैठक बस्ने र मूल विवादित बिषयमा साझा सहमति खोज्ने जानकारी दिए । पहिचान र सामथ्र्यका आधारमा सबै वर्ग र समुदायलाई मान्य हुने राज्यको पुनरसंरचना गर्नु पर्नेमा दाहालले जोड दिए ।

कार्यक्रममा काँग्रेस बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री शेरबहादुर देउवाले सबैको भावनाको कदर हुने गरी संविधान बनाउनुपर्ने बताउँदै पत्रकारले लेख्ने, बाोल्ने र आलोचना गर्न पाउनेगरी प्रेसस्वतनत्रतामौत्री संविधान जारी गर्नमा आफूले पहल गर्ने बताए ।

नेकपा एमालेका बरिष्ठ नेता तथा पूर्व प्रधानमन्त्री झलनाथ खनालले कार्यतालिका अनुसार संविधान निर्माणको विकल्प नभएको भन्दै माघ ८ मै संविधान जारी हुने विश्वास व्यक्त गरे । संविधानका विवादित विषयमा सहमति जुटाउन ठुलो समस्या नरहेको भन्दै कार्यतालिका परिवर्तन नगरिकन संविधान बनाउनुपर्ने खनालको भनाई थियो


  •  
  •  
  •