‘सम्मेलनमा उठाइने मुद्दाको गृहकार्य भएन’

740
  •  
  •  
  •  

purshotam ojha

पुरुषोत्तम ओझा
पूर्व सचिव,वाणिज्य तथा आपूर्ती मन्त्रालय :

सार्क शिखर सम्मेलन आउन अब ६ दिन मात्र बाँकी छ । तर सरकारको तयारी अझै सकिएको छैन । बैठकका लागि भवन ,सडक तथा बगैचा सिंगार्ने काम तीब्र रुपमा अघि बढाएको त छ तर अहिलेको तयारी हतपतको काम लतपत जस्तो भएको छ ।

१८औं सार्क सम्मेलन नेपालमा आयोजना हुने भनेर आज भन्दा ३ बर्ष अघि नै तय भएको थियो । केही अगाडी नै बजेट विनियोजन गरेर तयारी सुरु गरेको भए हतार हुदैनथ्यो । त्यस्तै हतारमा काम गर्दा लागत बढी पर्ने तथा सोचेजस्तो काम गर्न सकिएको छैन ।

अन्तर्राष्ट्रिय स्तरको सम्मेलन आयोजना सरकारले अन्य राष्ट्रबाट भौतिक तयारीका बारेमा गर्न सिक्नुपर्ने देखिन्छ । यस्तो सम्मेलनका लागि बजेट विनियोजनदेखि निर्माणको कार्यका लागि बेलैमा सोच्नु आवश्यक छ । यसमा सरकार कमजोर देखिएको छ ।
त्यस्तै सम्मेलनमा उठाउने मुर्त मुद्दाका बारेमा गृहकार्य गर्नुपथ्र्यो । त्यसको तयारी पनि छैन । बैठकमा कस्तो कस्तो मुद्दा उठाउने भनेर तयारी नगर्दा बैठक त्यति फाइदाजनक हँुदैन ।

अहिले ३ वटा मुद्दा उठाउने कुरा बाहिर आएको छ । विशेषगरी यातायात, हाइड्रो र रेलवेको मुद्दा उठाउन लागिएको छ । यो अत्यन्त राम्रो कुरा हो । यसले सार्क राष्ट्रविच अन्तरसम्वन्ध बढाउँछ ।

तर बैठकमा उठाउने मुद्दा भन्दा पनि ती मुद्दाको कार्यान्वयन ठूलो कुरा हो । सम्मेलनमा विभिन्न सम्झौताहरु हुने गरेपनि त्यसको कार्यान्वयन भएको देखिदैन । कार्यान्वयनको प्रक्रिया सुरु भएपनि पुरा नभएको देखिन्छ । त्यसैले यस पटकको बैठकमा कार्यान्वयको कार्ययोजना बनाउनु जरुरी छ ।

त्यस्तै सार्क राष्ट्रविच व्यापार घाटा घटाउने उपायको बारेमा पनि छलफल गर्न जरुरी छ । मुलुकको कुल व्यापार घाटाको अधिकांश हिस्सा सार्क मुलुकसंगै रहेको छ । भारतसँगको व्यापार घाटा ४ खर्व २२ अर्व पुगिसक्यो । उच्च दरमा बढ्दै गएको व्यापार घाटा मुलुकका लागि हानिकारक छ । यस विषयमा पनि छलफल गर्नु आवश्यक छ ।


  •  
  •  
  •