‘पीटीएले लगानीको ढोका खोलेको छ’ उर्जा मन्त्रालय

356
  •  
  •  
  •  

काठमाडौं, २१ भदौ (ओएनएस)ः नेपाल र भारतबीच विहीबार भारतको नयाँ दिल्लीमा भएको उर्जा व्यापार सम्झौताले लगानीको ढोका खोलेको उर्जा मन्त्रालयले बताएको छ ।

सम्झौताले दुवै देशको लगानीकर्तालाई सहजरुपमा जलविद्युत क्षेत्रमा लगानी गर्ने र व्यापार गर्न मार्ग प्रशस्त रहेको भन्दै सकारात्मक कार्यान्वयनले मात्रै सम्झौताको अर्थ रहने बताएको छ ।

सम्झौतामा प्रसारण लाइन निर्माण तथा विस्तार गर्न विद्युतलाई अन्तरदेशिय ग्रीडमा जोडी आपसमा विद्युत व्यापार गर्ने विषयलाई महत्वका साथ सम्बोधन गरिएको बताइएको छ ।

उर्जा सचिव राजेन्द्रकिशोर क्षेत्रिले प्रारम्भिक सम्झोतालाई कार्यान्वयनमा लैजानका लागि दुवै देशको मन्त्रिपरिषदले पारित गर्नुपर्न बताए ।

त्यस्तै मन्त्रालयका सहसचिव एवं प्रवक्ता केशवध्वज अधिकारीले सम्झौताका बारेमा कुनै आशंका गर्ने र अविश्वास गर्ने ठाउँ नभएको बताए ।


  •  
  •  
  •