सफलताका लागि पीडीए वास्तविक परीक्षा : अर्थमन्त्री

102
  •  
  •  
  •  

काठमाडौं ४ असोज (ओएनएस) :  अर्थमन्त्री डा. रामशरण महतले आयोजना विकास सम्झौता (पीडीए)लाई सफलताका लागि वास्तविक  परीक्षाको संज्ञा दिएका छन् ।  ‘सरकारले समयमै गर्ने निणर्य र जीएमआरले गर्ने कार्यन्वयनमा पीडीएको सफलता भर पर्ने छ’ उनले ट्वीट गरेका छन्  ।

साथै माथिल्लो कणार्लीको पीडीए अरुण तेस्रो, अपर त्रिशुली, अपर मस्यांदी तथा तामाकोसीलगायतकका लागि उदाहरणीय रहने उनले ट्वीट गरेका छन् ।

माथिल्लो कर्णाली जलविद्युत आयोजनाको प्रवद्र्वक कम्पनी जीएमआरसँग शुक्रवार आयोजना विकास सम्झौता ९पीडीए० भएको थियो । शुक्रवार सिंहदरबारमा आयोजित एक कार्यक्रममा प्रधानमन्त्री सुशील कोइराला र भारतीय गृह मन्त्री राजनाथ सिंहको उपस्थितिमा पीडीएमा हस्ताक्षर भएको हो ।


  •  
  •  
  •  

Comments are closed.