प्रधानसेनापति क्षेत्री अमेरिकामा सम्मानित

208
  •  
  •  
  •  

commander in chief rajendra chhetri in americaकाठमाडौँ, १५ बैशाख(ओएनएस) : अमेरिकाको औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री सेनापति राजेन्द्र क्षेत्री सम्मानित भएका छन् ।

अन्तराष्ट्रिय ‘हल अफ फेम’मा प्रधानसेनापति क्षेत्रीलाई सम्मान गरिएको हो । अमेरिकी सेनाको कमाण्ड एवम् जनरल स्टाफ कलेज फोर्ट लेभेनवर्थ कन्सासमा तालिम लिएका क्षेत्रीको सम्मानमा लेविस एण्ड क्लार्क सेन्टरमा आयोजित कार्यक्रममा प्रधानसेनापति क्षेत्रीको तस्वीर राखेर सम्मान गरिएको सैनिक जनसम्पर्क निर्देशनालयले जनाएको छ ।

अमेरिकी सेनाको उक्त शिक्षण संस्थाले संस्थाबाट तालिम लिएर उच्च ओहोदामा पुगेकाहरूलाई सम्मान व्यक्त गर्ने गर्छ । यसरी सम्मानित हुने प्रधानसेनापति क्षेत्री सम्मानित भएका २ सय ६१ औं सदस्य हुन् ।

निर्देशनालयले जनाए अनुसार उनको सम्मान कार्यक्रममा ९२ राष्ट्रका १ हजार ३ सय सैनिक अधिकृतहरूको सहभागीता रहेको थियो ।
सम्मानपछि कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानसेनापति क्षेत्रीले शिक्षण संस्था, अमेरिकी सेना र अमेरिकी सरकारप्रति कृतज्ञता एवम् धन्यवाद ज्ञापन गरेका थिए ।

प्रधानसेनापति क्षेत्री आउँदो २३ गते स्वदेश फर्किने कार्यक्रम छ ।


  •  
  •  
  •