सत्तारुढ दल सहमतिको नयाँ ‘मार्ग’ खोज्दै

174
  •  
  •  
  •  

काठमाडौं ४ मंसिर (ओएनएस) : सत्तागठबन्धका प्रमुख दलहरु संविधान निर्माणका विषयमा छलफल जुटेका छन् । विपक्षी मोर्चाले आन्दोलन गर्ने घोषण गरेपछि सहमतिको नयाँ मार्ग खोज्न उनीहरु छलफलमा जुटेका हुन् । कांग्रेस एमालेमा शीर्ष तहमा नेताहरु प्रधानमन्त्रीको सरकारी निवास वालुवाटमार पुगेका छन् ।

बुधवार सत्तारुढ दलको प्रस्ताव र रणनीति विरुद्ध छलफल गर्दै २२ दलीय मोर्चाले आन्दोलनमा जाने रणनीति तय गरेको थियो । दलहरुबीच विवाद बढ्दै गएपछि त्यसलाई कम गर्ने उपायका विषयमा छलफल गर्न प्रधानमन्त्रीले बैठक बोलाएको उनको सचिवालयले जानकारी दिएको छ ।

प्रधानमन्त्री कोइरालाले अध्यक्ष केपि शर्मा ओलीसहितका दुइदलका केही नेतालाई बोलाएको प्रधानमन्त्रीका पे्रस सल्लाहकार प्रकाश अधिकारीले जानकारी दिए । कांग्रेस एमालेले ४३ जनाको हस्ताक्षर सहित प्रक्रियामा जान दवाव दिएपछि सम्वाद समितिका सभापति बाबुराम भट्टराई बैठक रोकेर आन्तरिक छलफलमा लागेका छन् । दलहरुबीचको धुव्रीकरण पनि बढेको छ ।


  •  
  •  
  •