संसदबाट राष्ट्रपति अनुमोदन पहिलो शर्त :ओली

301
  •  
  •  
  •  

काठमाडौं, १३ साउन (ओएनएस) :एमाले अध्यक्ष केपी ओलीले कांग्रेससँग विगतमा भएको सहमति कार्यान्वयन हुनुपर्नेमा जोड दिँदै संसदबाट राष्ट्रपति अनुमोदन हुनुपर्नेमा जोड दिएका छन् । सिंगापुरमा एकसाता लामो उपचार गराएर स्वदेश फर्केका ओलीले सात बुँदे सहमति पालना गर्नुपर्ने तर्क गर्दै भने,‘सात बुँदे सहमतिको पालना हुनुपर्छ, यस्ता सहमति दराजमा थन्याउनकालागि भएका होइनन ।’

ओलीले बर्तमान सरकार माघ ८ गतेसम्ममात्रै रहने दाबी गर्दै ओलीले माघ ८ पछि संविधान जारी हुने र एमालेको नेतृत्वमा नयाँ सरकार बन्ने दाबी गरे । उनले २६ सभासदको नियुक्ती छिट्टै हुने दाबीसमेत गरे ।
ओलीले पुर्ण स्वस्थ्य भएर फर्किएको दाबी गरेका छन् । सिंगापुरमा एकसाता लामो स्वस्थ्य उपचार गराएर स्वदेश फर्केका ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुसँग कुरा गर्दै ओलीेले आफू पुर्ण स्वस्थ भएर स्वदेश फर्केको बताएका हुन् । चिकित्सकहरुले आफूमा कुनै समस्या नरहेको बताएको उल्लेख गर्दै ओलीले आरामको जरुरत नपर्ने तथा पार्टीमा सक्रिय भएर लाग्ने बताए ।


  •  
  •  
  •