नेपाल र भारतका सेनाको संयुक्त अभ्यास सोमबारबाट

449
  •  
  •  
  •  

nepal-india-army-logoकाठमाडौ, १ भदौ : आतंककारी आक्रमणको प्रतिकार गर्ने तथा जंगलमा हुन सक्ने सम्भावित द्धन्द्धलाई नियन्त्रण गर्नेका लागि नेपाल र भारतका सेनाले संयुक्त तालिम सोमबारबाट गर्दैछन् । सोमबारबाट सुरू हुने अभ्यासमा नेपाल र भारतका गरी ३ सय सेनाले भाग लिनेछन् ।

सूर्य किरन सातौ नाम दिइएको उक्त अभ्यास सोमबार अर्थात् १८ अगस्तदेखी ३१ अगस्तसम्म हुनेछ । भारतीय सेनाले एक विज्ञप्ति जारी गर्दै उक्त अभ्यास ५ हजार देखी ६ हजार फिटसम्मको उचाईमा गरिने जानकारी दिएको छ । भारतको पिथोरागढ जिल्लामा हुने अभ्यासमा आतंककारी आक्रमणलाई प्रतिकार गर्ने तथा जंगलमा हुन सक्ने सम्भावित द्धन्द्धलाई नियन्त्रण गर्ने तालिम दिइने छ ।

यस्तै, अभ्यासका क्रममा रोग नियन्त्रण तथा उड्ययनका विभिन्न पक्षमा समेत तालिम दिइने बताइएको छ । अभ्यासलाई दुवै देशका प्रमुख सैन्य अधिकारीहरूले निरिक्षण तथा सहभागीहरूसँग प्रत्यक्ष कुराकानी गर्नेछन् ।

भारतीय सेनाका प्रवक्ताले यो अभ्यासलाई दुई देशका सेनाबीचको सहकार्य मात्र नभई दुई देश बीचको एतिहासिक र सांस्कृतिक सहकार्य समेत भएको बताएका छन् ।


  •  
  •  
  •