साउथ फिल्मका कमेडि किङ ब्रम्हानन्दनको कमाई यस्तो लोभलाग्दो

274
  •  
  •  
  •  

९ चैत्र : दक्षिण भारतीय फिल्म मन पराउनेहरुको लागी ब्रम्हानन्दन नौलो र नयाँ नाम होइन।

साउथ फिल्मका कमेडि किङ भनिने ब्रम्हानम्दनलाई फिल्मको पर्दामा देख्ने वित्तिकै हाँसोको फोहरा छुट्छ।

हजार भन्दा धेरै फिल्ममा अभिनय गरिसकेका ब्रम्हानन्दन २४ घण्टामा ८ लाख भारु भन्दा धेरै कमाउँछन्। एकै भाषामा ७०० भन्दा धेरै फिल्ममा अभिनय गरेकोमा गिनिज बुकमा आफ्नो नाम समेत लेखाएका छन्।

थुप्रै अवार्ड र सम्मानहरु पाएका ब्रम्हानन्दन कमजोर आर्थिक अवस्था भएका परिवारमा जन्मेका हुन्।उनी एक निजी कम्पनीमा काम गर्थे र त्यहाँका मालिकहरुलाई हसाउँने काम गर्थे।

ब्रम्हानन्दनको प्रतिभा देखेर ‘तेलगु’ भाषाका निर्देशकले उनलाई आफ्नो फिल्ममा अभिनय गराए।तिनै निर्देशकले ब्रम्हानन्दनलाई आफ्नो अर्को फिल्ममा समेत अभिनय गराए। दुईवटा फिल्ममा अभिनय गरेपछि ब्रम्हानन्दनले कहिल्यै पछाडी फर्केर हेर्नु परेन।

६२ बर्षको भए अहिले ब्रम्हानन्दन।यो उमेरमा पनि उनमा युवा अवस्थामा झैं उत्तिकै जोश जाँगर छ।


  •  
  •  
  •