२४ वर्षपछि ब्राजिलमाथी कोलम्बियाको जीत

87
  •  
  •  
  •  

काठमाडौ, ३ असार(एजेन्सी) : कोपा अमेरिका कपमा बिहानपख सकिएको खेलमा कोलम्बियाले २४ वर्षपछि पहिलोपटक ब्राजिललाई स्तब्ध पारेको छ । २४ वर्षपछि कोलम्बिया १-० गोलअन्तरले ब्राजिललाई पराजित गरेको हो ।

कोलम्बियाको जीतका लागि जेसन मुरिल्लो नायक बने । उनले खेलको ३६ औ मिनेटमा गोल गर्दै खेल आफ्नो पक्षमा पारेका थिए । पहिलो हाफ १-० मा सकिएपछि दोस्रो हाफमा कुनै गोल हुन सकेन । ब्राजिलले खेलमा फर्कने प्रयास गरेपनि गोल गर्न भने असफल रह्यो ।

Jeison Murillo1उक्त खेलपछि ब्राजिल, कोलम्बिया र भेनेजुयला ३-३ अंकका साथ शीर्ष स्थानमा रहेका छन् भने पेरू बिना कुनै अंक अन्तिम स्थानमा छ । पेरूले अबको खेलमा ब्राजिलको सामना गर्नेछ ।

खेल सकिएपछि भने मैदानमा केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । खेल हारेको झोकमा नेयमारले बल पाब्लो अर्मेरोतर्फ फ्याँकेका थिए । उक्त बल कार्लोस बाक्काले फ्याकेपछि नेयमार र पाब्लो दुवैलाई रेफ्रीले रातो कार्ड देखाएका थिए । रातो कार्ड पाएपछि नेयमार र पाब्लो दुवैले आफ्नो आगामी खेल खेल्न पाउनेछैनन् ।


  •  
  •  
  •