कोलम्बिया प्रहरीद्वारा ८ टन कोकिन बरामद

180
  •  
  •  
  •  

काठमाडौँ, ३ जेठ(ओएनएस) : कोलम्बियाको प्रहरीले करिब ८ टन बराबरको लागूऔषध कोकिन बरामद गरेको छ ।

बीबीसीका अनुसार कोलम्बियाको प्रहरीले टर्बो शहरको उत्तर-पूर्वी क्षेत्रमा लुकाइराखेको अवस्थामा उक्त परिमाणको कोकिन बरामद गरिएको हो । कोकिन बरामद गरेपछि राष्ट्रपति जोन म्यानुएलले ट्वीटरमार्फत बधाई समेत दिएका छन् । उनले इतिहासमै यो सबैभन्दा ठुलो परिणामको लागूऔषध बरामद भएको बताएका छन् ।

cocaine haul in Colombiaलागूऔषध कोकिन एक अपराधिक समूह क्लान उसुगाको रहेको प्रहरीको भनाई छ । तीन जना लागू औषध कारोबारमा संलग्न रहेको आरोपमा पक्राउ गरिएको छ भने तीन जना भाग्न सफल भएको एक विज्ञप्तिमा जनाइएको छ ।

करिब १.५ टन कोकिन बेच्नका लागि तयार गरिएको अवस्थामा फेला परेको छ । उक्त परिमाणको कोकिन प्याक गरेर बेच्नका लागि तयारी अवस्थामा राखिएको रक्षा मन्त्री लुइस कार्लोसले जानकारी दिएको बीबीसीले उल्लेख गरेको छ ।

लागूऔषधको मूख्य कारोबार रहेको क्लान उसुगाले गैरकानुनी उत्खनन, हत्या, अपहरण लगायतका कामहरू समेत गर्ने गरेको बताइएको छ । उक्त समूहमा करिब २ हजार सक्रिय सदस्य रहेको प्रहरीको अनुमान छ ।

पछिल्लो ५ वर्षमा सुरक्षाकर्मीहरूले उक्त समूहका करिब ६ हजार ७ सय सदस्यहरूलाई पक्राउ गरिसकेको छ ।


  •  
  •  
  •