विद्यार्थी प्रथम भएको दाबी विवादमा

147
  •  
  •  
  •  

काठमाडौं, २६ असार (ओएनएस) । जेभियर इन्टरनेसनल कलेजले एक दैनिक पत्रिकामा प्रकाशित गरेको विज्ञापन प्रति के एन्ड के कलेजले आपत्ति प्रकट गरेको छ । विज्ञापनमा मानविकी संकायतर्फ सामाजिक कार्य विषय अन्तर्गत अहिलेसम्मकै उत्कृष्ट अंकसहित त्रिभुवन विश्वविद्यालय ‘टप’ गरेको भन्दै विद्यार्थी समिक्षा ढकाललाई बधाई दिएको छ ।

IMG_0401त्रिभुवन विश्वविद्यालयको मापनलाई उल्लंघन गर्दै विज्ञापनमा मनमानी गरेको भन्दै के एन्ड के कलेजका प्रधानाध्यापक प्रोफेसर रेशबहादुर बस्नेतले आपत्ति प्रकट गरेका हुन् । ‘टियूको मापनका आधारमा सम्पूर्ण संकायमा हाम्रो कलेजले तेस्रो स्थान पाए पनि सामाजिक कार्य विषय अन्तर्गत हाम्रो कलेजकी छात्रा सोनु भटराईले प्रथम स्थान हासिल गरेकी हुन् । तर जेभियरको विज्ञापनले समाजमा भ्रम फैलाउन खोजेको देख्दा हामी चुप लागेर बस्न सकेनौ ।’ भन्दै उनले थपे, ‘शैक्षिक प्रतिस्पर्धाका लागि अनावश्यक प्रचार गर्नै शैलीको खण्डन मात्र गर्न खोजेको हु ।’

उता जेभियर इन्टरनेसनल भने आफ्नो विज्ञापनप्रति सकारात्मक दृष्टिकोण राखिदिन अनुरोध गर्छ । मानविकी संकाय अन्तर्गत सामाजिक कार्य विषयको पहिलो वर्षको प्रकाशित परीक्षाफलमा समिक्षा ढकालले ७५ प्रतिशत अंक ल्याएको खुसियालीमा बधाई दिएकोमा आपत्ति प्रकट गर्नुपर्ने कुनै कारण नभएको बताउछन्– जेभियर कलोजका कार्यक्रम संयोजक बिकाश वन । उनले भने, ‘रिजल्ट भर्खर पहिलो वर्षको आएको हो । कसैलाई होच्याउने उद्देश्यले विज्ञापन दिइएको होईन् । हामी हाम्रो उदेश्यमा प्रष्ट छौ ।’ उनले प्रतिस्पर्धाका लागि तल्लो स्तरको कार्य गर्ने सोच जेभियरको नभएको समेत प्रष्ट पारे ।

परीक्षा नियन्त्रण कार्यलय बल्खुका कर्मचारी शम्भू ढुङ्गेलका अनुसार सामाजिक कार्य विषय अन्तगर्त तिन बर्षको मापनमा के एन्ड के कलेजकी छात्रा सोनु भटराईले ७३.३ प्रतिशत अंक ल्याएर प्रथम स्थान हासिल गरेकी हुन् । सँगसँगै पहिलो वर्षको रिजल्टमा जेभियरकी छात्रा समिक्षा ढकालले हालसम्मकै उत्कृष्ट अंक ल्याएको सुचना पनि साचो भएको प्रष्ट पारे ।sonu (2)

उनले भने, ‘समिक्षाले ७५ प्रतिशत ल्याएको साचो हो । सँगसँगै सम्पूर्ण संकाय तर्फबाट ललितकला कलेजले पहिलो दोस्रो स्थान हासिल गरे पनि सामाजिक कार्य विषय अन्तगर्त के एन्ड के की छात्राले प्रथम स्थान हासिल गरेको डाटा हामिसँग सुरक्षित छ ।’ त्रिभूवन विश्वबिद्यालयमा मानविकी संकाय अन्तर्गत सामाजिक कार्य विभागमा कार्यरत पुरुषोत्तम प्रधान जेभियर कलेजको विज्ञापनमा प्रयोग भएको शब्द प्रति आपत्ति रहेको बताउछन् । ‘विज्ञापन गर्न पाईन्छ, तर पूर्ण सुचनाबिहिन बिज्ञापनले समाज र बिद्यार्थीमा पार्ने असरको जिम्मा कसले लिने ?’ उनी प्रश्न गर्छन् ।

विज्ञापनमा प्रयोग गरिएको ‘हाल सम्मकै अत्याधिक अंक सहित’ भन्ने भनाईको पुष्टि हुने आधार नभएकोमा प्रधान गम्भिर बनेका हुन् । ‘तथ्याङ्क बिना कसैलाई केही भन्ने आधार छैन्, तर हालसम्म भनेको कहिले देखि कहिलेसम्म हो । र छात्राले तिन बर्षकै मापनमा हो कि पहिलो बर्षमा उत्कृष्ट अंक ल्याएकी हुन् खुल्नु आवश्यक थियो ।’ प्रधानले स्पष्ट पारे ।

नयाँ भर्नाको समय आउदै गर्दा कलेजका विचमा हुने गरेको अस्वस्थ प्रतिस्पर्धाले समाजमा शैक्षिक संस्थाको विश्वास घट्दै गइरहेको छ । स्तरिय शिक्षा उपलब्ध गराउने शिक्षण संस्था नै विवादमा मुछिन पुग्दा विद्यार्थीको भविष्य अन्योलमा पर्ने देखिन्छ ।


  •  
  •  
  •