जाडो बढ्यो, आज यो बर्षकै कम तापक्रम

1384
  •  
  •  
  •  

jado1-300x224
file photo

काठमाडौं २७ मंसिर (ओएनएस) :  आज यो बर्षकै सबैभन्दा जाडो महसुस गरिएको  छ ।  काठमाडौं सहित देशभरी चिसो बढ्दै गएकोमा आज सबैभन्दा कम तापक्रम देखिएको छ । धेरै ठाउँमा राम्रोसँग घाम लागेको छैन । तुवाँलो बढ्नुका साथै कतिपय स्थानमा पानी परेको छ । केही उच्च पहाडी क्षेत्रमा हिमपात पनि भएको छ । काठमाडौ.मा आज ६ ढिग्री सेल्सीयस तापक्रम मापन गरिएको छ भने तराईका केही जिल्लामा ४ डिग्रीभन्दा तल तालक्रम पुगेको छ ।

मौसमविद् राजेन्द्रप्रसाद श्रेष्ठका अनुसार अब पानी पर्ने सम्भावना रहेकाले जाडो अझै बढ्ने मौसम विज्ञापन विभागले जनाएको छ ।  वायुको प्रभाव र अरेबियन समुद्रमा आएको मौसम प्रणालीका कारण दुई दिन देशभर पानी पर्ने देखिन्छ । तराईका जिल्लाहरुमा शतल लहर देखिएको छ । तराईका सिराहा, सप्तरी, बारालगायत स्थानमा जनजीवन प्रभावित भएको छ। सर्लाहीमा एक जनाको जाडोले ज्यान गइसकेको छ ।


  •  
  •  
  •