मरेका कुखुरा बेच्ने कोल्डस्टोर संचालक पक्राउ

136
  •  
  •  
  •  

काठमाडौं, ५ असार : काठमाडौं महानगरपालिका–१६ बनस्थलीस्थित टिनको टहरामा रहेको भारत बेतिया घर भएका नन्दकिशोर गुप्ताको वेलकम कोल्ड स्टोरबाट १ सय ३१ वटा मरेका कुखुरासहित गुप्तालाई शनिबार महानगरीय प्रहरी बृत्त बालाजुले पक्राउ गरेको छ ।

विगत ७ वर्षदेखि संचालनमा रहेको उक्त कोल्डस्टोरमा मरेका कुखुरा विक्री वितरण भइरहेको भन्ने जानकारी प्राप्त भएपछि खटि गएको प्रहरीले प्वाँखसहितको मरेका कुखुरा ५८ र प्वाँख फाली तयार गरेको मरेका कुखुरा ७३ वटा गरी जम्मा १ सय ३१ वटा कुखुरा बरामद गरेको हो । यस सम्बन्धमा प्रहरीबाट थप आवश्यक अनुसन्धान भइरहेको छ ।


  •  
  •  
  •