अत्याधिक जाडोले सिरहा सहित तराईको जनजीवन प्रभावित

567
  •  
  •  
  •  

cold in taraiसिरहा, ११ माघ(ओएनएस) : अत्याधिक जाडोले सिरहा सहित तराईको जनजीवन प्रभावित भएको छ । सिरहाको मिर्चैया सहित तराईका जिल्लाहरुमा विगत केहि दिनदेखि एकाएक बढेको जाडोले जनजीवन कष्टकर बनेको छ ।

बिहानैदेखि बाक्लो हुस्सुसँगै चिसो हावा चलेका कारणले जनजीवन थप प्रभावित हुदैँ गएको छ । जाडो बढेकोले दैनिक दिनचर्या बिताउन समेत समस्या भईरहेका छन् । जाडोको कारण सिरहा, सप्तरी, सुनसरी, मोरंग, झापा, धनुषा, महोतरी, सर्लाही, बारा, पर्सा लगायतका जिल्लाहरुको जनजीवन अस्तब्यस्त बनेको छ ।

जाडो बढेपछि खासगरी बालबालिका र बृद्धबृद्धाहरू बढि समस्यामा परेका छन् । चिसो बढेसँगै सर्वसाधारणहरु न्यानो कपडा र आगो ताप्ने व्यवस्था गर्न थालेका छन् । अत्यधिक जाडोका कारण बजारहरुमा न्यानो कपडाको बिक्री बढेको स्थानीय व्यवसायीहरुको भनाई छ । जाडोमा लगाईने ज्याकेट, सुइटर, टोपी, ट्राउजर, हाइनेक लगायतका बाक्लो कपडाहरुको बिक्री बढेको छ ।

विगतका वर्षहरुमा सम्बन्धित निकायले जिल्लाको विभिन्न स्थानहरुमा दाउरा उपलव्ध गराए पनि यस वर्ष मौन रहेको छ । केहि दिन अघि बढ्दै गरेको जाडोलाई मध्य नजर गर्दै ईलाका प्रहरी कार्यालय गोलबजारले जाडोबाट बाच्न विभिन्न चौकहरुमा आगो बालिएको थियो ।

यता, चिसोको कारण बिरामीहरुको संख्या बढेको अस्पतालका संचालकहरुले बताएका छन् । पश्चिमबाट सुरु भएको हावा बन्द नहुन्जेल सम्म जाडो बढ्ने क्रम नरोकिने जल तथा मौसम विज्ञान विभागको अनुमान छ ।


  •  
  •  
  •