जाडोले लियो महोत्तरीमा दुई ज्यान

164
  •  
  •  
  •  

महोत्तरी , १४ पुस (ओएनएस) :  लगातारको शीतलहर र चिसो हावासँगै बढेको कठ्याग्रिँदो जाडोबाट महोत्तरीमा आज दुईजनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जिल्लाको बिजलपुरा गाविस–१ बस्ने ४० वर्षीय लाल मोहम्मद राईन र सोही गाउँ बस्ने ७० वर्षीय गनौर महतो रहेका छन् ।

कठ्याग्रिँदो जाडोका बेला घर बाहिर शौचका लागि जाने बेलामा आज बिहान ९ बजे राइनको घर नजिकै बाटोमै लडेर मृत्यु भएको हो भने अति गरिब परिवारका महतोको न्यानो लुगाफाटोको अभावमा घरमै मृत्यु भएको स्थानीय राप्रपाका केन्द्रीय सदस्य प्रमोदकुमार सिंहले बताए ।

यसअघि जाडोबाट जिल्लामा पाँचजनाको मृत्यु भइसकेको छ भने आज एकै गाउँका दुईजनाको एकैसाथ मृत्युसँगै यस वर्ष महोत्तरीमा जाडोबाट मृत्यु हुनेको सङ्ख्या सात पुगेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।


  •  
  •  
  •