जाडोमा हातगोडाको स्याहार

217
  •  
  •  
  •  

दिनानुदिन जाडो बढिरहेको छ । जाडोका वेला हातगोडाको स्याहार निकै आवश्यक हुन्छ । किनभने, जाडो वेलामा हातगोडाको छालामा बढी असर गर्छ । हुन त यसका लागि बजारमा विभिन्न किसिमका मोस्चराइजर, बडिलोसन आदि पाइन्छन् । तर, त्यसको प्रयोगले मात्रै हामीले यसको राम्ररी स्याहार गर्न सक्दैनौँ । त्यसैले हामीले जाडो वेलामा हातगोडाको स्याहार गर्न केही महत्त्वपूर्ण कुरामा ध्यान दिनुपर्छ ।

प्रथमत: जाडोमा हातगोडालाई चिसोबाट जोगाउन हातमा बाहुला भएको कपडासँगै पन्जा लगाउने गर्नुपर्छ । खुट्टामा मोजा तथा न्यानो दिने जुत्ता लगाउने गर्नुपर्छ ।
मनतातो पानीले सुत्नुअघि हरेक दिन हातखुट्टा धुने गर्नुपर्छ । केवल क्रिमको मात्र प्रयोग गर्ने र छाला नधुने गरेमा छाला नरम त हुन्छ, तर त्यसमा चमक हुँदैन । त्यसैले मनतातो पानीले धुनु अति आवश्यक छ ।
खुट्टा धोइसकेपछि सुत्नुअघि हातगोडामा छाला नरम पार्ने मोस्चराइजर तथा कोल्डक्रिम लगाउनुपर्छ । यस्तो क्रिमले छाला नरम पार्छ र फुट्नबाट जोगाउँछ ।
ब्युटिपार्लरको सुविधा छ भने प्रत्येक १५ दिनमा ब्युटिपार्लर गएर मेनिकेयर तथा पेडिकेयर गर्नुपर्छ ।
बजारमा पाइने क्रिम उपलब्ध छैन भने घरमै पाइने दूधको तर, नौनी घिउ, ग्लिसिरिन आदिको पनि प्रयोग गर्न सकिन्छ । नयाँपत्रिकाबाट


  •  
  •  
  •  

Comments are closed.