कफीको न्यूनतम मूल्य तोकियो

87
  •  
  •  
  •  

काठमाडौं । सरकारले कफीको न्यूनतम मूल्य तोकेको छ । राष्ट्रिय चिया तथा कफी विकास बोर्डले यसअघिको मूल्य परिमार्जन गर्दै आर्थिक वर्ष ०७६/७७ मा कृषकबाट उत्पादित काँचो कफीको न्यूनतम मूल्य तोकेको हो ।
१५ औं राष्ट्रिय दिवसको अवसरमा फ्रेस चेरी, पाचर्चमेन्ट र ड्राइ चेरी कफीको न्यूनतम मूल्य तोकेको बोर्डले उल्लेख गरेको छ ।

बोर्डका अनुसार फ्रेस चेरी ग्रेड ‘ए’ को मूल्य प्रतिकेजी ८५ रुपैयाँ तोकिएको छ । फ्रेस चेरी ग्रेड बीको मूल्य प्रतिकेजी ७५ रुपैयाँ र्पुयाइएको छ । बोर्डले जारी गरेको न्यूनतम मूल्य सूचीअनुसार, पार्चमेन्ट कफी ग्रेड ‘ए’ को प्रतिकेजी मूल्य रु ४२५ र ‘बी’को रु. ३७५ कायम गरिएको छ ।

ड्राइचेरी कफी ग्रेड ‘ए’ को न्यूनतम मूल्यमा केही परिमार्जन गर्दै प्रतिकेजी १४० र ग्रेड ‘बी’ को भाउ ९० तोकिएको छ । ग्रेड ‘ए’ गुणस्तरको फ्रेस चेरीबाट उत्पादन भएको ११ प्रतिशत चिस्यानसहितको ड्राइ चेरी ग्रेड ‘ए’ र ‘बी’ गुणस्तरबाट उत्पादित चेरीलाई बोर्डले ग्रेड ‘बी’ मा राखेको छ ।

प्रत्येक वर्ष कफीको न्यूनतम मूल्य तोक्दै आएको बोर्डले न्यूनतम मूल्यअनुसार कारोबार गर्न आग्रह गरेको छ ।


  •  
  •  
  •