कफीमा परनिर्भता

349
  •  
  •  
  •  

रक्षा रेग्मी
काठमाडांै, २० असार (ओएनएस) । नेपालमा बार्षिक ४ सय टन कफी उत्पादन हुन्छ । जवकी माग ६ हजार टन छ । उत्पादन मागको करिब ७ प्रतिशत हुन आउँछ । कफी सुहाउँदो माटो भए पनि प्रविधिको अभावले गर्दा माग धान्ने गरी उत्पादन गर्न नसकिएको कफी उत्पादक संघका पूर्व अध्यक्ष ढकेश्वर घिमिरेले बताए ।

कफीको उत्पादन वार्षिक रुपमा बढ्दै गए पनि यसले बजारको माग धान्न नसकेको उनले जानकारी दिए । स्थानीय कफीले माग धान्न नसकेकोले आयातितले कफीले बजार लिएको छ । त्यस्तै आयातित कफी तुलनात्मकरुपमा घुलनसिल तथा स्वादिलो भएकोले यसको माग बढी हुने घिमिरेले बताए । ‘कफीको उत्पादन १० प्रतिशतले बृदि भएको छ’, उनले भने, ‘माग भने वार्षिक ३० प्रतिशतले बढेको छ ।’

नेपाली कफीको माग विदेशी बजारमासमेत भएको उनले जानकारी दिए । ‘स्थानीय बजारको माग धान्न नसकेको अवस्था छ, विदेशको माग कसरी गर्न सकिन्छ’ उनले भने । तै पनि नेपालबाट केही मात्रामा जापान, अमेरिका,कोरियालगायत देशमा कफी निर्यात हुन्छ । त्यसमध्ये कोरियामा माग बढी भएको उनले बताए ।
नेपालमा ‘अशविका’ नामक कफी उत्पादन गरिन्छ । यो संसारको सवैभन्दा उत्कृष्ट कफी भएको व्यवसायीहरु बताउँछन् । यो कफी (दाना) को बजार मूल्य प्रतिकिलो मूल्य ८ सय रुपैयाँ पर्ने बताइएको छ ।

नेपालमा हाल १२ ओटा कफी उद्योग सञ्चालनमा छन् । यीँ उद्योगबाट २८ हजार जनाले रोजगारी पाएको संघले जानकारी दिएको छ । नेपालको पाल्पा, गुल्मी, स्याङ्जा, अर्गाखाँचीलगायत देशका १६ जिल्लामा कफी उत्पादन हुन्छ । अन्य ४० जिल्लामा उत्पादन गर्न सकिन्छ । तर, सरकारबाट पूर्ण सहयोग नपाएको व्यवसायीहरुको गुनासो छ । कफीको उत्पादन बढाउन सरकारले कृषक सहयोगी कार्यक्रम ल्याउनपर्ने व्यवसायीहरुको माग छ । त्यस्तै बैंकले सस्तो मूल्यमा ऋण उपलब्ध गराएको अवस्थामा कफी उत्पादनलाई बढाउन सकिने उनले बताए ।


  •  
  •  
  •