चण्डिभञ्ज्याङमा कफी खेती परिक्षण सफल

418
  •  
  •  
  •  

coffeeचितवन, १० फागुन : चितवनको विकट गाविस चण्डिभञ्ज्याङमा कफी खेती परिक्षण सफल भएको छ । बालगौरी कृषक शहकारी लिमिटेड चण्डिभञ्ज्याङ ५ किटस्वरा चितवन अन्तर्गतका कृषक समुह चण्डिभञ्ज्याङ ६ रैबुङले परिक्षण स्वरूप लगाएको कफी खेती सफल भएको हो ।

परिक्षणका लागि लगाएको कफीले सफलता पाए पछि व्यवसायिक कफी खेती गर्न कृषक समुह रैबुङका किसानहरूले तयारी थालेका छन् । परिक्षणका लागि लगाईएको कफी खेती कृषी विज्ञहरुले समेत निरीक्षण गरेका थिए ।

खेती सुरू गर्नका लागि काठमाडौबाट दुई हजार कफीको नर्सरी ल्याउने तयारी गरिएको बालगौरी कृषक शहकारी लिमिटेडले जनाएको छ ।

कफी खेती गर्नका लागि किसानहरुलाई आवस्यक प्राविधिक आर्थिक तथा बेर्ना सुपथ मुल्यमा सहकारीले उपलब्ध गराउने बालगौरी कृषक सहकारी चण्डीभञ्ज्याङ ५ किटस्वरा चितवनका सचिव अमर गुरुङले बताए ।


  •  
  •  
  •