काठमाडौं, १४ भदौं( ओएनएस) ; नेपालमा पछिल्लो समय युवा उद्यमीहरुले आ आफ्नो विषय र दक्षता अनुसार व्यवसायिक पेशा सुरु गरेका छन् । कोही कृषि फार्म, कोही पर्यटन व्यवसायी, कोही होटल व्यवसायी, कोही सामाजिक सेवा, कोही आफै गैरसरकारी संघ संस्थाहरु स्थापनाग गरेर सामाजिक उत्तरदायित्वसँगै आर्थिक रुपमा सक्षम हुने विभिन्न व्यवसाय सुरु गरेका छन् । यस्तै प्रतिनिधि पात्र हो, दिपेश डंगोल ।
उनी काठमाडौं निवासी हुन् । डंगोल ल्यामसफ नेपाल आइटि कम्पनीको निर्देशक, द्रव्य प्रा.ली को बोर्ड सदस्य रहनुको साथै लियो क्लव अफ हिमालयज पाटनको अध्यक्ष पनि हुन् ।
डंगोल कुनै समय एक रेष्टुरेन्टको सुपरभाइजर थिए । यसरी रेष्टुरेन्टमा काम गर्दाको अनुभवले नयाँ व्यवसाय आफै गरौं भन्ने उदेश्य सहित दिपेशले २०६८ भदौमा फ्रेस विन्स कफी सप दरबारमार्गमा खोले । अहिले ठमेलको अन्नपुर्ण मार्केटभित्र कफी सप सारेका छन् । यही युवा उद्यमी दिपेशसँग गरिएको कफी गफ ;
कफी सपमा कति लगानी गर्नु भयो ?
दरबारमार्गमा १० लााख लगानी गरियो । यस पछि अहिले ठमेलको अन्नपुर्ण बजारभित्र २ लाख थप लगानी गरेर संचालनमा ल्याएका छौं ।
किन कफी सफ नै खोल्नु भएको ?
म एक रेष्टुरेन्टको सुपरभाइजर थिए । यहाँ आउने अधिकास ग्राहकहरु मदिरा सेवन गर्ने र सेवन पछिको अवस्था देखेर कुनै नयाँ व्यवसाय सुरु गर्न मन लाग्थ्यो । मदिरा सेवन गरेको मान्छेको स्वभाव र मदिरा नखादा सोही मान्छेको स्वभाव धेरै फरक देखिन्थ्यो । मलाई यो पेशामा रहिरहनको लागि मनबाटै कुनै उर्जा आउन सकेन । यसपछि मैले आफै केहि गर्ने योजना सहित कफिसप खोल्ने निर्णय गरें । आज सम्म पनि गरिरहेको छु ।
यसको बजार कस्तो छ ?
नेपालमा कफीको बजार पर्याप्त छ । अहिले जो कोहीले कफि पिउने गरेका छन् । यसैले चिया भन्दा पनि कफीको मार्केट छ । स्वदेशि होस कि विदेशी सबैको पहिलो रोजाइ कफि नै हो । यसैले नेपालमा कफी सपको व्यवसाय राम्रो छ । कफी सपबाट धेरैको आर्थिक सुधार मात्र हैन आमुल परिवर्तन भएका छन् ।
कफी सप संचालन गरे पछि के फरक पाउँनु भयो त ?
धेरै फरक छ । सजिलो पनि छ । हामी कहाँ विभिन्न कफी प्रेमिहरु आउँछन् । कफी पिउँदै कोहि ठूल ठूला व्यापार व्यवसायको कुरा गर्छन । कोहि आफ्नो करियरका कुरा गर्छन । नम्र व्यवहार गर्छन । विदेशी पर्यटकहरु आउँछन् शिष्ट भाषामा बोल्छन । यहि हो फरक रेष्टुरेन्टको सुपर भाइजर भएर काम गर्नु र कफी सफको अन्तर ।
तपाईकोमा कति प्रकारको कफी पाइन्छ ?
विशेष जोड हाम्रो अर्गानिक कफीमा हो । यहाँ आउँने ग्राहकहरु प्राय सबै विदेशी नै हुन्छन् । विशेषत क्यापिचिनो, अमेरिकानो, क्याफेल्याटे, फ्रट स्मुदिज, जस्ता धेरै कफिहरु पाइन्छ । यसैगरी हाम्रोमा घरमा निर्माण गरिएको कुकिजहरु पनि पाइन्छ ।
भूकम्प पछिको व्यवसाय कस्तो छ ?
सबै क्षेत्रमा प्रभाव परेको छ । अब पर्यटनको सिजन सुरु हुन लाग्यो । यसैले आशा राखौं राम्रै हुनेछ । तर मेरो कफी सपमा धेरै अन्तर छैन । अहिले पनि विदेशी स्वयमसेवकहरु आइरहेका छन् । चाइनिज,जापानीज, इटालिइन, बेलायति नागरिकहरु आउने गरेका छन् ।
सामान्यतया मासिक आम्दानी कस्तो छ ?
ठ्याकै भन्न त नहोला । तर यही हो सरदर डेढ लाख देखि २ लाख सम्मको व्यापार त गर्नै प¥यो नी ।
फ्रेस विन्स कफी सपको विशेषता के छ ? अनि योजना ?
हामी प्रकृतिसँग नजिक छौं । हामी अर्गानिक कफी खुवाउँछौं । अर्गानिकको नाममा ब्लायक मेल हामी गदैर्नौ पनि गर्न पनि चाहादैनौं । स्वच्छ, सफा र कफि सपको आफ्नै वगैचा, होहल्ला रहित वातावरण हो । वाइफाइ त सबैकोमा भइहाल्छ । कफी सफमा नहुने कुरै भएन ।
हामी कफि सपलाई अब बेकरि पनि थप्ने योजना छ । सँगै फ्रेस विन्स कफीको शाखा पनि खोल्ने योजना छ । नेपालमा जति पनि कफी उत्पादन हुन्छ । यसलाई विदेशमा निर्यात गर्नको लागि गृहकार्यको थालनी गरेका छौं । बजार खोज्ने र नेपाली कफीको बजार प्रबद्र्धन गर्ने नै हो ।
कसरी पुग्न सकिन्छ फ्रेस विन्स कफी सप ?
ठमेलको सात घुम्तीबाट पक्नाजोलबाटोमा अन्नपुर्ण मार्केट यहिभित्र छ फ्रेस विन्स पर्छ ।
स्कुल पढ्दाको योजना के थियो ?
मेरो इन्जीनियर बन्ने सोच थियो । प्लस टु सके पछि इन्जीनियरिङको परीक्षा दिन्छु भन्दा भन्दै दिन पाइन । अहिले कफि सप चलाउने भएको छु ।(हाँस्दै भने)