संविधान निर्माण नहुन्जेलसम्म सरकार परिवर्तन हुदैन :  रावल

262
  •  
  •  
  •  

काठमाडौ, २ भदौ (ओएनएस) : नेकपा एमालेका उपाध्यक्ष भीम रावलले संविधानसभाबाट संविधान निर्माण नहुन्जेलसम्म एमाले सरकार परिवर्तनको पक्षमा नरहेको बताएका छन् ।

रिपोर्टर्स क्लबले सोमबार आयोजना गरेको साक्षात्कारमा रावलले काग्रेस–एमालेवीच सरकार निर्माणको बेला भएको सात बुँदे सहमति संविधान निर्माणको लागि भएको बताउँदै सहमति कार्यान्वयन गरेर सहमतिका साथ अघि बढ्नु पर्नेमा जोड दिए ।

‘हामी सहमतिबाट पछि हट्दैनौ । सहमतिको भावनाका साथ अघि बढ्छौ, उनले भने । रावलले काँग्रेससँग राष्ट्रपति र उपराष्ट्रपतिको संसदबाट अनुमोदन गर्ने विषयमा सात बुँदेमा सहमती भएको जिकिर गर्दै अहिले संविधान लेखनको समय भएका कारण यही विषयलाई लिएर पार्टीेले अतिरञ्जित नगर्ने बताए ।

उनले पार्टीभित्रको पोलिटब्यूरो गठनको विवाद टुङग्याउने विषय पदाधिकारीबाट सचिवालयसम्म पुगेको भन्दै अब छिट्टै विवाद समाधान हुने विश्वास ब्यक्त गरे । उनले केन्द्रीय समितिको बैठकले राजनीतिक संगठनात्मक प्रस्ताव भने पारित गरेको बताए ।

रावलले बाढी पहिरो पीडितको उद्दार र राहत वितरण कार्य प्रभावकारी रुपमा हुन नसकेको दावी गर्दै सरकारले युद्ध स्तरमा यो कार्यलाई योजनाबद्ध रुपमा अघि बढाउनु पर्ने बताए ।
उनले भारतले बनाएको बाधका कारण डुबान भन्ने विषय आएकोले यस समस्याको समाधान सरकारले कुटनीतिक माध्यमबाट खोज्नु पर्ने बताए ।


  •  
  •  
  •