पार्टी एकताविरुद्ध भ्रम छर्ने काम भइरहेको छ : अध्यक्ष दाहाल

263
  •  
  •  
  •  

जनकपुर । सत्तारुढ नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल‘प्रचण्ड’ले नेकपाको सरकार पाँच वर्षसम्म रहने बताएका छन् ।

सोमबार जनकपुर विमानस्थलमा संचारकर्मीसँग कुरा गर्दै उनले प्रधानमन्त्री केपी ओली पनि समझदारी अनुसार अघि बढ्ने स्पष्ट पारे ।

अध्यक्ष दाहालले पार्टी एकता विरुद्ध भ्रम छर्ने काम भइरहेको आरोप लगाए । उनले पार्टी एकता नगरेको भए हुन्थ्यो भन्ने आफ्नो अभिव्यक्तिलाई अपव्याख्या गरी प्रस्तुत गरिएको समेत बताए ।

नेकपाका वरिष्ठ नेता माधव कुमार नेपालले पार्टीको विभाग गठनको विषयमा असन्तुष्टि व्यक्त गरे । सचिवालयमा पार्टीको वरिष्ठ व्यक्तिहरुलाई पाखा लगाएर कनिष्ट व्यक्तिहरुलाई राखिएको भन्दै उनले असन्तुष्टि जनाए ।


  •  
  •  
  •