रियल म्याड्रिड क्लब विश्वकपको फाइनलमा प्रवेश

  •  
  •  
  •  

२८ मंसिर- स्पेनिस क्लब रियल म्याड्रिड क्लब विश्व कपको फाइनलमा प्रवेश गरेको छ । दुबईको क्लब अल जजिरालाई २–१ गोलले पराजित गर्दै रियलले फाइनल यात्रा सुनिश्चित गरेको हो ।

बुधबार राति भएको खेलको ४१ औँ मिनेटमा अल जजिराका रोमारिन्होले गोल गर्दै रियल म्याड्रिडलाई पहिलो हाफमा पछाडी पारेका थिए । तर खेलको ५३ औँ मिनेटमा क्रिस्टियानो रोनाल्डोले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याएका थिए । दोस्रो हाफमा घरेलु टोलीले दोस्रो गोल गरेको थियो तर भिडियो असिस्टेन्ट रेफ्रीले गोललाई अस्विकार गर्यो । बारक बोसौफा अफसाइड भएका कारण अल जजिराको दोस्रो गोललाई मान्यता दिइएको थिएन ।

खेलको ८१ औँ मिनेटमा बेन्चबाट मैदान प्रवेश गरेको मिनेट नबित्दै ग्यारेथ बेलले निर्णायक गोल गरे । अब रियलले फाइनलमा ब्राजिलको ग्रेमियोको सामना गर्नेछ ।


  •  
  •  
  •