यो बर्षको दशैंमा पुरानै लुगा !

80
  •  
  •  
  •  

काठमाडौँ, १० असोज (ओएनएस) :  दशैं भन्ने वित्तिकै टिका जमराका साथ नयाँ कपडाको सभ्झना आइहाल्छ । राम्रो लगाउने र मिठो खाने चाडका रुपमा मानिने दशैमा हिन्दु संस्कार अनुसार पनि नयाँ कपडा लगाउने प्रचलन छ ।

तर, यस बर्षको दशै पुरानै लुगामा दशै मनाउनेपर्ने जस्तो भएको छ । झण्डै डेढ महिनाअघि सिन्धुपाल्चोकको जुरेमा गएको पहिरोले नेपाल र चीनको खासा जोड्ने बाटो अवरुद्व भएपछि बजारमा नयाँ कपडा नआएको व्यवसायीहरु बताउँछन् । बजारमा २५ प्रतिशत मात्र नयाँ कपडा आएको काठमाण्डुका भोटाहिटीका लक्ष्मण जिन्स सेन्टरका सञ्चालक लक्ष्मण कार्कीले बताए । ‘यस पटक भन्सारबाट नै कम कपडा आएको छ’     उनले भने ।
त्यस्तै छिटफुट भित्रिएका नयाँ कपडाको मूल्य छोइनसक्नु भएको उपभोक्ताहरुको गुनासो छ । नयाँ कपडाको मूल्य गत बर्षको तुलनामा झण्डै ३५ प्रतिशतले बढेको उनीहरुले जानकारी दिए । पहिरोले केही समय बाटो अवरुद्व हुँदा भरियालगाएर सामान ल्याउनुपरेकोले नयाँ कपडाको मूल्य बढेको व्यवसायीहरु बताउँछन् । त्यस्तै कतिपय व्यापारीले खरिदमूल्य भन्दा १३ गुणा बढी मुल्यमा कपडा विक्री गरेको समाचार पनि बाहिर आइरहेका छन् ।

बिहीवार दशैंका लागि नयाँ कपडा खरिद गर्न गएका कञ्चनपुरका प्रकाश भण्डारी पुरानै डिजाइनका कपडा किनेर फर्किए । ‘दशैंमा नयाँ कपडा लगाउनै प¥यो , त्यहि भएर पुरानै डिजाइनको भएपनि कपडा किनेर आए उनले भने ।’ उनका अनुसार बजारमा नयाँ कपडा कम आएकोले पुरानो कपडा बिकाउन व्यवसयीले छुट दिइरहेका छन् ।

kapadaभोटाहिटी तथा खिचापोखरीका कतिपय पसलले ‘स्टक क्लेयरेन्स’ गर्न भन्दै भारी छुटमा कपडा उपलब्ध गराएको दाबी गरेका छन् । यस्तै न्युरोड,दरबारमार्ग, मंगलवजार, बानेश्वरलगायत व्यापारिक स्थानमा कपडामा छुट दिइएको सूचना टासिएका छन् ।

यता सिंगापुर,भारत,इन्डोनेसियालगायत देशबाट आयात गरिएका कपडा भने नयाँ डिजाइनमा बजारमा उपलब्ध छन् । जुरेको पहिरोले गर्दा व्राण्डेड कपडा खरिद गर्न डराउनेहरु पनि आकर्षित भएको दरवारमार्गस्थित रिवोकका महाप्रवन्धक दिलिप केसीले बताए ।

तर व्राण्डेड पकडा ननव्राण्डेड जस्तो व्यापार नहुने उनले जानकारी दिए । व्राण्डेड कपडा महंगो हुन्छ भन्ने उपभोक्ताको सोचाइ रहेको उनी   बताउँछन् । उपभोक्ताको यस्तो सोचाइलाइ हटाउन तथास्टक क्लेयरेन्स गर्न तर व्राण्डेड कम्पनीले कपडामा छुट दिइएको बताइएको छ ।


  •  
  •  
  •