सिलाई व्यवसायको प्रवद्र्नमा लाग्नेछु: मन्त्री बस्नेत

199
  •  
  •  
  •  

काठमाडौं,३० कात्तिक (ओएनएस) : उद्योग मन्त्री महेश बस्नेतले कपडा तथा सिलाई व्यवसायीहरुका सम्पूर्ण समस्या समाधान गर्न प्रतिबद्ध भएर लाग्ने बताएका छन्. ।

कपडा तथा सिलाई व्यवसायी संघको काठमाण्डौ, ललितपुर र भक्तपुर जिल्लाको संयुक्त साधारण सभाको उद्घाटन समारोहमा उनले यस्तो प्रतिवद्वता व्यक्त गरेका हुन् ।

व्यवसायीहरुले व्यवसायको पहिचान, भ्याट, दर्तालगायतमा राज्यका निकायहरुबाट असहयोग भएको गुनासो गरेपछि मन्त्री बस्नेतले  कपडा तथा सिलाई व्यवसायको प्रबद्र्धनको लागि प्राथमिकताका साथ लाग्ने आश्वासन दिए ।

उनले साना ठूला सबै व्यवसायीलाई अनिवार्य भ्याटमा दर्ता गर्नु पर्ने प्राबधान गलत भएको बताए  । ‘जवरजस्ती राजस्व उठाएर राज्य धनी हुदैन उनले भने  व्यवसायको प्रबद्र्धन गरे मात्र राज्य सवल हुन्छ ।’

उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले व्यवसायीको समस्या समाधान गर्न महासंघ लागि पर्ने बताए ।

संघका केन्द्रीय अध्यक्ष रमानाथ श्रेष्ठले ५० हजार व्यवसायी र २ लाख व्यक्तिले रोजगारी पाइरहेको यस व्यवसायको प्रबद्र्धनको लागि राज्यको भूमिका सकारात्मक हुन नसकिरहेको गुनासो गरे ।


  •  
  •  
  •