जेलमा रहेका बालबालिकालाई न्यानो कपडा वितरण

236
  •  
  •  
  •  

विराटनगर, १० पुस(ओएनएस) : चिसो बढेपछि जेलका बालबालिकालाई न्यानो कपडा वितरण गरिएको छ । आमासँगै जिल्ला कारगार विराटनगरमा जेल जीवन बिताई साना बालबालिकालाई भाजु युवराज फाउण्डेशन विराटनगरले शुक्रबार न्यानो कपडा र अध्ययन सामाग्री वितरण गरेको हो ।

आमासँगै जेल जीवन बिताई रहेका बालवालिकालाई जाडोमा लगाउने न्यानो कपडा र अध्ययन सामाग्री वितरण गरिएको फाउण्डेशनकी अध्यक्ष रिमा श्रेष्ठ गोर्खालीले जानकारी दिइन । सामाजिक क्षेत्रमा काम गर्दै आएको फाण्डेशनले चिसो बाट बच्न र अध्ययन गर्न स्वेटर, जुता र किताव वितरण गरेको हो ।


  •  
  •  
  •