शोकमा आज सिन्धुपाल्चोक जिल्लाका निजी बिद्यालय बन्द

154
  •  
  •  
  •  

सिन्धुपाल्चोक २० साउन (ओएनएस)  : ३३ जनाको ज्यान जाने गरी सुनकोसी नदीमा गएको पहिरोमा परी मृत्यु भएकाहरुको शोकमा प्याब्सनसंग आबद्ध जिल्लाका सबै बिद्यालय आज एक दिन बन्द गरिएको छ ।

प्याबस्नका जिल्ला अध्यक्ष कर्मा वाङगेल लामाले एक बिज्ञप्ती जारी गरी दुखद घडीमा शोक सन्तप्त परिवार प्रति धैर्यधारण गर्ने शाहसका साथै घाईतेहरुको शिर्घ स्वास्थ्य लाभको कामना गर्दै आज एक दिन प्याब्सनसंग आबद्ध सबै बिद्यालय बन्द गर्ने निर्णय भएको जानकारी दिएका छन् ।

पहिरो प्रभाबित क्षेत्र बाह्रबिसे, माङ्खा, बलेफी,खाडीचौर र लामोसाँघुका सम्पूर्ण बिद्यालय भने अर्को सूचना जारी नभइन्जेल सम्मका लागि बन्द गरिएको छ ।


  •  
  •  
  •