कात्तिक ७ गतेबाट विदेशी च्‍यानलहरु क्लिनफिडमा नगए कारबाही

109
  •  
  •  
  •  

काठमाडौं । सरकारले आगामी कात्तिक ७ गतेबाट विदेशी च्‍यानलहरु क्लिनफिडमा नगए सेवा प्रदायकलाई कारबाही गर्ने जनाएको छ । बुधवार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका प्रवक्ता सहसचिव गोकर्णमणि दुवाडीले एक विज्ञप्ति जारी गरी कात्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिन फीड) प्रशारण नभएमा प्रचलित कानूनबमोजिम कारवाही हुने उल्लेख गरेका छन्।

जारी विज्ञप्तिमा भनिएको छ, ‘ मिति २०७७ कार्तिक ७ गतेभित्र विज्ञापनरहित (क्लिनफीड) प्रसारण गर्नु पर्ने व्‍यवस्था ऐनद्वारा नै गरिएको र ऐनद्वारा नै उक वर्षको तयारी अवधि समेतको व्‍यवस्था भएकोले ऐनको मर्म र भावना अनुरुप तोकिउको मितिदेखि विज्ञापनरहित ९क्लिनफीड० प्रसारण गर्नरगराउन सम्बन्धित सबै संघसंस्थाहरुलाई अनुरो गरिएको छ। मिति २०७७ साल कार्तिक ७ गतेभित्र विज्ञापनरहीत ९क्लिनफीड० प्रसारण नभएमा प्रचलित कानुन बमोजिम हुने व्‍यहोरा समेत जानकारी गराइन्छ।’

यस्तै २०७७ कात्तिक ७ गतेभित्र क्लिन फीडमा जानुपर्ने व्यवस्था ऐनमा नै गरिएको भन्दै विज्ञप्तिमा एक वर्षको तयारी अवधि समेत सकिएको उल्लेख छ।

हेर्नुहोस्


  •  
  •  
  •