कक्षा ११ को वार्षिक परीक्षा नहुने, आन्तरिक मूल्याङ्नबाट परीक्षाफल प्रकाशन

85
  •  
  •  
  •  

काठमाडौं । यस वर्षको कक्षा ११ को वार्षिक परीक्षा नहुने भएको छ । कोरोना भाइरस र लकडाउनका कारण दुई महिनादेखि रोकिएको परीक्षा नहुने भएको हो ।

गत शुक्रबार बसेको पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्को बैठकले विद्यालयले नै आन्तरिक मूल्याङ्नबाट परीक्षाफल प्रकाशन गर्ने निर्णय गरेको छ ।

शिक्षा मन्त्री गिरिराजमणी पोखरेलको अध्यक्षतामा बसेको परिषद्को बैठकले एसईई परीक्षा जस्तै विद्यालयले नै आन्तरिक मूल्याङ्कनबाट नम्वर दिने गरी निर्णय भएको पाठ्यक्रम विकास केन्द्रले जनाएको छ । जसका लागि कार्यविधि बनाउन राष्ट्रिय परीक्षा वोर्डलाई निर्देशन दिईएको छ ।  कार्यविधि अनुसार सम्बन्धित कलेजलहरुले विद्यार्थीहरुलाई अंक प्रदान गर्नेछन् ।

यस वर्षमात्र परीक्षा रद्ध भएको तर आगामी वर्षका लागि के भन्ने निर्णय नभएको पाठ्यक्रम विकास केन्द्रका निर्देशक गणेशप्रसाद भट्टराईले बताए ।

राष्ट्रिय परीक्षा बोर्डले यस वर्ष कक्षा ११ को परीक्षा वैशाख २१ गतेदेखि गर्ने कार्यतालिका सार्वजनिक गरे पनि कोरोना महामारीले स्थगित गरिएको थियो। तर चैत २५ गते बोर्डले कक्षा ११ र १२ को परीक्षा स्थगित गरेको थियो।

लकडाउनका कारण रोकिएको परीक्षाबारे सरकारले बल्ल निर्णय गरेको हो । निर्देशक भट्टराईका अनुसार कक्षा १२ को बोर्ड परीक्षा भने अनुकूल समयमा लिइन्छ।

यसअघि कोरोना संक्रमणको जोखिमका कारण माध्यमिक शिक्षा परीक्षा (एसईई) पनि नगर्ने निर्णय भएको थियो ।


  •  
  •  
  •