कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल सार्वजनिक, ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण

151
  •  
  •  
  •  

national exam board

काठमाडौं, २० साउन (ओएनएस) : राष्ट्रिय परीक्षा बोर्डले गत वैशाखमा लिइएको कक्षा १२ को बिज्ञान संकायको परीक्षाफल आज प्रकाशित गरेको छ ।

परीक्षामा सहभागीमध्ये ७९.४४ प्रतिशत बिद्यार्थी उत्तिर्ण भएका छन् । गत बैशाखमा सञ्चालन भएको परीक्षामा सहभागी ४४ हजार ८९७ बिद्यार्थीमध्ये ३५ हजार ६६८ परीक्षार्थी उत्तिर्ण भएका हुन् । परीक्षामा सहभागी भएका १७ जनाको परीक्षा रद्ध गरिएको छ ।

त्यस्तै आंशिकतर्फ सहभागी ९ हजार ४८९मध्ये ४ हजार १३७ बिद्यार्थी पास भएका छन् । यसमा पनि तीन जनाको परीक्षा रद्ध गरिएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ । आंशिकतर्फ ४३.५९ बिद्यार्थी उत्तिर्ण भएका छन् ।

परीक्षा बोर्डका अनुसार अन्य संकायको नतिजा पनि भदौ १५ गतेभित्रै सार्वजनिक गर्ने तयारी भइरहेको छ ।


  •  
  •  
  •