कक्षा ११ को परीक्षा आजबाट सुरु

297
  •  
  •  
  •  

काठमाडौं, २९ वैशाख(ओएनएस) : कक्षा ११ को परीक्षा आजबाट सुरु भएको छ ।
परीक्षामा पाँच लाख आठ हजार ४ सय ९४ परीक्षार्थी सहभागि भएका छन् ।

जेठ ८ गते सम्पन्न हुने कक्षा ११ को परीक्षामा साधारण तथा प्राविधिक विषय समूहतर्फका नियमित, ग्रेडवृद्धि एवं आंशिक परीक्षार्थीको सहभागिता रहनेछ ।

राष्ट्रिय परिक्षा बोर्डका अनुसार परीक्षाका लागि देशभर एक हजार १ सय ७ परीक्षा केन्द्र निर्धारण गरिएको छ ।
सबभन्दा बढी परीक्षा केन्द्र काठमाडौंमा १ सय २२ वटा र सबैभन्दा कम मनाङ र मुस्ताङमा एक/एक परीक्षा केन्द्र निर्धारण गरेको बोर्डका सदस्य सचिव दुर्गा अर्यालले जानकारी दिए ।

परीक्षामा कम श्रवणशक्ति भएका, दृष्टिविहीन वा सुस्त मनस्थिति वा अन्य प्रकृतिको अपांगता भएका परीक्षार्थीका लागि परीक्षामा विशेष व्यवस्था गरिएको छ । कारागार वा बालसुधार गृहमा रहेका परीक्षार्थीलाई पनि परीक्षा दिने व्यवस्था मिलाइएको छ ।


  •  
  •  
  •