कक्षा ११ को परीक्षाफल प्रकाशित, ४९.२० प्रतिशत उत्तीर्ण

298
  •  
  •  
  •  

काठमाडौँ, ३० पुस(ओएनएस) : उच्च माध्यमिक शिक्षा परिषद्ले कक्षा ११ को परीक्षाफल बिहिबार सार्वजनिक गरेको छ ।

परिषद्ले सार्वजनिक गरेको परीक्षाफल अनुसार परीक्षामा ४९.२० प्रतिशत विद्यार्थी उत्तीर्ण भएका छन् । नियमिततर्फ कुल २ लाख ४३ लाख ७ सय ३१ जना विद्यार्थी परीक्षामा सामेल भएकामा १ लाख १९ हजार ९ सय १६ विद्यार्थी उतीर्ण भएका छन् ।

यस्तै आंशिकतर्फ ३४.६५ प्रतिशत विद्यार्थी उतीर्ण भएका छन् । कुल १ लाख २६ हजार ९ सय ३० जना विद्यार्थीले परिक्षा दिएकामा ४३ हजार ९ सय ८३ जना उतीर्ण भएका परिक्षा नियन्त्रक सन्तोष अर्यालले जानकारी दिए ।

३३.१५ यो गत बर्ष भन्दा २ प्रतिशले बढी हो । गत बर्ष नियमिततर्फ ४७.२६ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका थिए । यस्तै गत बर्ष आंशिकतर्फ ३३.१५ प्रतिशत विद्यार्थी उर्तीर्ण भएका थिए ।

परीक्षा दिएकामध्ये नियमित तर्फ ६१ परीक्षार्थीको परिक्षाफल रद्ध गरिएको छ भने ४ जनाको स्थगित गरिएको छ। यस्तै आंशिक तर्फ ३५ जनाको परिक्षाफल रद्ध गरिएको छ भने ५ जनाको स्थगित गरिएको छ।

कसरी हेर्ने परीक्षाफल ?

नेपाल टेलिकमको साइटबाट : http://hseb.ntc.net.np/

उच्च माध्यमिक शिक्षा परिषद्को साइटबाट : http://www.hseb.edu.np/

इडुखबर डट कमको साइटबाट : http://edukhabar.com/


  •  
  •  
  •