रंगेलीमा झडप, गोली लागेर एक महिलाको मृत्यु

115
  •  
  •  
  •  

विराटनगर, ७ माघ(ओएनएस) : मधेशी मोर्चाका कार्यकर्ता र प्रहरी मोरङको पुरानो सदरमुकाम रंगेलीमा झडप भएको छ । एमाले निकट युवा संघले आयोजना गरेको सभा विथोल्न गएका मधेशी मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएको हो ।

झडपका क्रममा एक महिलाको मृत्यु भएको छ । प्रहरीको गोली लागि अन्दाजी ५८ वर्षीय द्रौपतीदेवी चौधरीको मृत्यु भएको हो । तर, प्रहरीले भने घटनाको पुष्टी गरेको छैन् । रंगेलीमा पाहुना आएकी चौधरीको प्रहरीले चलाएको गोली लागेर मृत्यु भएको बताइएको छ ।

झडपमा प्रहरीसहित दर्जन बढी मोर्चाका कार्यकर्ता घाइते भएका छन् । मोर्चाका कार्यकर्ता र प्रहरीबीच झडप भएपछि रंगेलीको स्थिती तनावग्रस्त छ ।

युवा संघले आयोजना गरेको विरोधसभा बिथोल्न मधेशी मोर्चाका कार्यकर्ताले प्रयास गरेपछि प्रहरीसँग झडप भएको हो । स्थिती नियन्त्रणमा लिन प्रहरी दुई दर्जन भन्दाबढी हवाई फायर गरेको छ ।

युवासंघले आयोजना गरेको सभा बिथोल्न पुगेका मधेशी मोर्चाका कार्यकर्तालाई रोक्न ठुलो संख्यामा प्रहरी परिचालन गरिएको छ । मोर्चाका कार्यकर्ता र प्रहरीबीचको झडपले गर्दा रंगेली तनावग्रस्त भएको हो ।

युवा संघले संविधानमा रहेका भ्रम चिर्न भन्दै तराई मधेश सम्वाद तथा जागरण अभियानका क्रममा रंगेलीमा वृहत जनसभा आयोजना गरेको छ । प्रधानमन्त्री कोपीशर्मा ओली सभालाई सम्बोधन गर्न आउने भन्दै युवासंघले प्रचारप्रसार गरेपछि कार्यक्रम बिथोल्न भन्दै मधेशी मोर्चाका कार्यकर्ता ठुलो संख्यमा उपस्थित छन् ।

मधेशी मोर्चाले पाच महिनायता गरेको बन्दले पूर्ण प्रभावित बनेको रंगेलीमा युवासंघले कार्यक्रम आयोजना गरेको हो । संविधानमा रहेको भ्रम चिर्न भन्दै युवासंघका नेता पर्शुराम बस्नेतको अगुवाईमा कार्यक्रमको आयोजना गरिएको हो ।


  •  
  •  
  •