सिके राउतलाई छोड्न प्रचण्डको माग

134
  •  
  •  
  •  

काठमाडौं, ९ असोज (ओएनएस) : एकीकृत नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले देश विखण्डनको अभियानमा लागेको आरोपमा पक्राउ परेका डा.सिके रावतलाई छोड्न माग गरेको छन् ।

पार्टी कार्यालय कोटेश्वरमा ‘नयाँ राष्ट्रिय एकीकरण’ त्रैमासिक पत्रिकाको विमोचन कार्यक्रममा बोल्दै अध्यक्ष प्रचण्डले बोल्दैमा पक्राउ गर्नु गलत भएको भन्दै छोड्नुपर्ने माग गरेका हुन् । बोल्दैमा केही नहुने भन्दै उनले रातारात राउतलाई पक्राउ गरेर सरकारले हिरो बनाएको टिप्पणी गरे ।

उनले भने,‘सरकारले वातावरणलाई विथोल्न पक्राउ गरेको पनि हुन सक्छ, राजनीति गर्नेलाई पक्राउ गर्नु भनेको हिरो बनाईदिनु पनि हो, हेर्दा पक्राउ ग¥यो सरकारले ठिक ग¥यो जस्तो लाग्ने तर वातावरणलाई धमिलो बनाउन पनि हुन सक्छ ।’

राज्य विखण्डनको कुरा उठाउनेलाई पक्राउ गरेर सरकारले त्यसलाई बल पुराएको प्रचण्डको तर्क थियो । संविधानसभा भित्र राजतन्त्र चाहिन्छ भन्ने र धर्मनिरपेक्षता हुन हुँदैन भन्नेलाई बोल्न दिएको भन्दै बाहिर देश विखण्डन गर्न पाउनुपर्छ भन्नेलाई बोल्न दिदैमा केही फरक नपर्ने प्रचण्डको तर्क छ । उनले भने,‘ वहस गर्ने विषयलाई रोक्न हुँदैन भोली राजतन्त्र चहिन्छ भन्नेले हतियारै उठाए भने देश विखण्डन गर्नुपर्छ भन्नेले हतियारै उठाए भने त छोड्ने कुरो भएन तर बहस त गर्न दिनु पर्छ । ’

प्रचण्डले राष्ट्रिय एकताको पक्षमा मधेश जहिले पनि अगाडी रहेको भन्दै विखण्डनको वहस गर्न दिए यसले मुलुकलाई थप बलियो र सुदृढ बनाउने जिकिर गरे । उनले भने,‘ सरकारले विखण्डनको कुरा गर्नेलाई पक्राउ गरे थप उत्तेजित बनायो, वहस हुन दिनुपर्छ यसले त मुलुकलाई थप बलियो र मजदुत बनाउँछ, मधेशका नागरिक विखण्डनका पक्षमा छैनन् ।’

प्रचण्डले पहिचानसहितको संघीयता हुन नदिन सरकारले नै राउतलाई उचाल्न पक्राउ गरेको दाबी गरे । उनले राउतलाई उत्पिडितलाई अधिकार माग्ने व्यक्ति भएको संज्ञा दिए । उनले भने,‘ उत्पिडितलाई अधिकार चाहिन्छ भन्नेलाई गिरफ्तारी गर्ने ? उनलाई तत्काल छोड्नुपर्छ ।’


  •  
  •  
  •