सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफल गर्न नेकपाको आकस्मिक बैठक

312
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : मधेसलाई अलग्गै राज्य बनाउने भन्दै पृथकतावादी आन्दोलन गरिरहेका सिके राउतलाई पार्टीमा प्रवेश गराउने विषयमा छलफलका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा) को सचिवालय बैठक अहिले बसिरहेको छ ।

फाइल तस्बिर

प्रधानमन्त्री निवास बालुवाटारमा आज आकस्मिक सचिवालय बैठक डाकिएको हो ।  विखण्डनवादी अभियान सञ्चालन गर्दै आएका राउतलाई पार्टीमा दिने जिम्मेवारीबारे निर्णय गर्न सचिवालय बैठक डाकिएको बताइएको छ ।

प्रधानमन्त्री ओली र राउतले संयुक्त रुपमा आज एउटै मञ्चबाट सम्वोधन गर्ने कार्यक्रम तय भएको छ ।
थुनामा रहेका सीके राउतलाई सर्वोच्चले बिहीबार मात्रै साधारण तारेखमा छाड्न आदेश दिएको थियो ।


  •  
  •  
  •