स्वतन्त्र मधेस गठबन्धन अन्त्यको घोषणा गर्दै सिके राउतले भने ‘यो ऐतिहासिक सहमति हो’

373
  •  
  •  
  •  

काठमाडौं, २४ फागुन(ओएनएस) : डा.सिके राउतले आजको दिन ऐतिहासिक भएको बताएका छन् ।
सरकारसँग ११ बुँदे राजनीतिक सहमतिपछि मन्तव्य राख्दै राउतले यो शान्तिपूर्ण पहलका लागि प्रधानमन्त्री केपी ओलीलाई धन्यवाद समेत दिए ।

उनले भने, ‘विगत केही वर्षदेखि विकारल समस्याले हामी पनि चितिन्त थियौं । कुन रुप लेला भन्ने हामीमा चिन्ता थियो । अब सहज अवतरण भएको छ । सबैका लागि ऐतिहासिक समय हो ।’

आफूहरु बुद्धका सन्तान भएको भन्दै राउतले अहिंसा शरीरभित्र अन्तरनिहित रहेको बताए ।
उनले भने, ‘बुद्ध र गाान्धीलाई आत्मसात ग¥यौं । आफ्नो विचार जनतामा लाने क्रममा गिरफ्तार पनि भइयो । राज्य विरुद्धका मुद्दा पनि लागे ।’

डा. राउतले आफूहरु अब सकारात्मक दिशातर्फ लागि पर्ने बताए ।  यसले कदमले सकारात्मक रुपमा सबै पक्षसँग मिलेर अघि बढ्ने बताए ।

फरक प्रसंगमा उनले कारगारमा क्षमता भन्दा बढी बन्दीहरु रहेको भन्दै सुधारको लागि सरकारलाई आग्रह गरे ।
राष्ट्रिय सभागृहमा आयोजित कार्यक्रमा गृहमन्त्री रामबहादुर थापा र राउतले ११ बुँदे सहमतिपत्रमा हस्ताक्षर गरेका थिए ।

जिल्ला अदालत रौतहटको आदेशपछि पुर्पक्षका लागि थुनामा गएका राउत सर्वोच्च अदालतको आदेशमा बिहीबारमात्रै रिहा भएका थिए ।


  •  
  •  
  •