देश विखण्डनमा लागेको प्रयाप्त आधारसहित राउतलाई पक्राउ गरेको प्रहरीको भनाई

112
  •  
  •  
  •  

काठमाडौ २९ भदौ (ओएनएस) :  प्रहरीले देश विखण्डनमा लागेको प्रयाप्त  आधारसहित डाक्टर सि.के.राउतलाई गरेको दाबी गरेको छ ।

देश विखण्डनको अभियानमा लागेको आरोपमा मोरङको रंगेलीबाट प्रहरीले शनिबार राउतलाई पक्राउ गरेको थियो । पूर्व क्षेत्रीय प्रहरी प्रमुख प्रहरी नायब महानिरीक्षक नवराज सिलवालले ओएनएस न्यूजसँग भने,‘देश विखण्डनको अभियान चलाएको र विखण्डनको पक्षमा सार्वजनिक रुपमै बोलेकाले राउतलाई पक्राउ गरिएको हो, उनलाई हामीले भरपर्दो डकुमेन्टसहित पक्राउ गरेका छौं ।’ मधेशलाई छुट्टै राज्य बनाउने भन्दै अभियान चलाएका राउतको ‘कनेक्स’ बारे प्रहरीले अध्ययन अनुसन्धान सुरु गरेको जनाएको छ ।

को हुन राउत ?

अमेरीकाको क्याम्ब्रिज विश्वविद्यालयबाट पिएचडी गरेका राउत नेपाल फर्कनु अघि अमेरीकामा कप्युटर बैज्ञानिक थिए । उनी पाँच बर्ष अघि नेपाल फर्केर मधेश अलग गर्नुपर्ने अभियान सुरु गरेका थिए । उनले ‘मधेशको ईतिहास’ नामक पुस्तक प्रकाशित गरेका छन् भने विभिन्न लेख रचना मार्फत स्वतन्त्र मधेशको पक्षमा वकालत गर्दै आएका थिए ।

अहिलेसम्म उनी कुनै पार्टीसँग जोडिएको नदेखिएको र एक्लै देश विखण्डको अभियान चलाएको प्रहरीको भनाई छ । उनले छुट्टै राष्ट्रिय गान, राष्ट्रिय झण्डा र नारा बनाएका छन् ।

कनेक्शन कता ?

राउत अमेरिकाबाट फर्केपछि अभियन त सुरु गरे तर उनको प्रारम्भिक चरणमा कुनै राजनीतिक वा सामाजिक संगठन देखिएको छैन । तर उनी एक्लै नरहेको स्रोतहरुको भनाई छ । उनले संविधानसभाको संवैधानिक,राजनीतिक संवाद तथा सहमति समितिसँग पनि नेपालबाट मधेश टुक्राउने पक्षमा धारणा राखेका थिए ।

यिनै गतिवधिपछि प्रहरीले निरन्तर दुईमहिनाको अनुसन्धानपछि राउतलाई पक्राउ गरेको थियो । प्रहरी उच्च स्रोतका अनुसार उच्चस्तरीय राजनीतिक तहमै सल्लाह भएर राउतलाई पक्राउ गरिएको हो । राउत पक्राउ परेपछि विभिन्न राजनीतिक तहबाट समेत चासो व्यक्त भएको प्रहरी स्रोतको भनाई छ ।

एकीकृत माओवादीले समेत पक्राउको विरोध गरेको छ । एमाओवादी निकट मधेशी मुक्ती मोर्चाका संयोजक रामकुमार शर्माले भने,‘उनको अभियान सही भन्न सक्दैनौं तर संविधान निर्माण गर्ने बेलामा जसरी पक्राउ गरिएको छ यो गलत छ ।’ शर्माले जारी गरेको प्रेस विज्ञप्तिमा भनिएको छ,‘वाक स्वतन्त्रताको नारा दिने सरकारले डा. सिके राउतको अवैधानिक गिरफ्तारी गरेको प्रति घोर भत्सर्ना गर्दै डा.राउतको तत्काल रिहाइको माग गर्दछौं ।’

संवैधानिक राजनीतिक,संवाद तथा सहमति समितिले वार्ताका लागि राउतलाई पठाएको पत्र

ck raut 1

 


  •  
  •  
  •  

Comments are closed.