महोत्तरी, १३ पुस (ओएनएस) : स्वतन्त्र मधेश हुनुपर्ने माग गर्दै आएका सिके राउत महोत्तरीको जलेश्वरबाट आइतबार पक्राउ परेका छन् ।
जलेश्वरमा साढे १२ बजेदेखि हुने कार्यक्रममा जाने क्रममा राउतलाई प्रहरीले प्रक्राउ गरेको हो । उनले जलेश्वरमा सभा गरि सम्बोधन गर्ने कार्यक्रम तय भएको थियो ।
यसअघि स्वतन्त्र मधेश हुनुपर्ने माग गर्दै आएका राउतलाई प्रहरीले पाक्रउ गरि आदलतलाई बुझाएको थियो । राउतलाई अघिल्लो महिना विशेष अदालतले ५१ हजार धरौटीमा रिहा गरेको थियो ।
गत महिना सार्क शिखर सम्मेलनको दौरान खुल्लामञ्चमा कार्यक्रम गर्ने तयारी गरेपछि राउतका दर्जनभन्दा बढि कार्यकर्ता पक्राउ परेका थिए ।