प्रहरीले सिके राउतलाई सार्वजनिक गर्न मानेन

212
  •  
  •  
  •  

महोत्तरी, १५ पुस (ओएनएस)  : महोत्तरीबाट पक्राउ परेका सिके राउतलाई प्रहरीले सार्वजनिक नगरि सप्तरी पु-याएको छ । नेपाल प्रहरीका स्रोतका अनुसार कार्यक्रम नगर्न पटक–पटक आग्रह गर्दा पनि नटेरेपछि उनलाई सप्तरीमा लगिएको छ ।

यसअघि स्वतन्त्र मधेशको माग गर्दै महोत्तरीको जलेश्वरमा सभा गर्न खोजेपछि प्रहरीले आइतबार पक्राउ गर्दै सोहि दिनको साँझममा रिहा गरेको थियो । तर सोमबार पनि सोहि स्थानमा कार्यक्रम गर्ने तयारी गरेपछि राउनलाई फेरि पक्राउ गरेको थियो ।

राउतसँगै पक्राउ परेका २० जना समर्थकहरुलाई सोमबार राति नै मुक्त गरिएपनि राउतलाई भने छोडिएको छैन । समर्थकहरुसँगै प्रहरी नियन्त्रणमा रहेका राउतलाई प्रमुख जिल्ला अधिकारीको निवासमा लगेर त्यहीबाट बेपत्ता बनाइएको स्वतन्त्र मधेश गठबन्धका महोत्तरी संयोजक देबेन्द्र चौधरीले बताए ।

नगरपालिका चोकमा हुने भनिएको आमसभा बिथोल्न प्रहरीले ब्यापक खोजतलास शुरु गरेपछि उनलाई पक्राउ गरेको थियो । राज्यद्रोहको मुद्दा खेपिरहेका राउतलाई अघिल्लो महिना ५० हजार धरौटीमा विशेष अदालतले रिहा गर्न आदेश दिएको थियो ।


  •  
  •  
  •